रास्वपाको बन्द कार्यशालाले महाधिवेशनको मिति प्रस्ताव गर्ने

रास्वपाको बन्द कार्यशालाले महाधिवेशनको मिति प्रस्ताव गर्ने

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुई दिने बन्द कार्यशालाले महाधिवेशनको मिति प्रस्ताव गर्ने भएको छ। शुक्रबारबाट सुरु भएको बन्द कार्यशाला आज बिहानबाट सुरु भएको छ।

null

शुक्रबार दिनभर भएको छलफललाई निष्कर्ष दिन ६ वटै समूहलाई एक घण्टाको समय दिइएको सह–प्रवक्ता प्रतिभा रावलले जानकारी दिइन्। उनका अनुसार महाधिवेशनको मितिसहित ६ वटै समूहलाई तीनवटा प्रस्ताव समेत पेश गर्न भनिएको छ। विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता र लिडरसीप/क्यान्डिडेट क्लबमा छुट्याइएको ६ समूहका संयोजक वा सचिवले छलफलको निष्कर्ष प्रस्तुत गर्न थालेका छन्।

 
रास्वपाका अनुसार समूह संयोजकअन्तर्गत विचारमा शिशिर खनाल, संगठनमा डा. भरतमणि देवकोटा,संसदीय मामिला विभागमा सोबिता गौतम, अभियानमा क्रान्तिशिखा घिताल, मूल्य–मान्यतामा खुस्बुसरकार श्रेष्ठ र लिडरसीप/क्यान्डिडेट क्लबमा अतिन्द्र दाहाल रहेका छन्।

null
 बन्द कार्यशालाबाट आएका प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा लगिने रावलले जानकारी दिइन्। ‘हिजो दिनभर समूहगत रुपमा विषय केन्द्रित भएर गहन छलफल भयो। छलफलबाट आएका निष्कर्ष र प्रस्तावलाई एकीकृत गरी प्रतिवेदनका रुपमा केन्द्रित समितिमा लगेर थप छलफल गर्छौं’ सह–प्रवक्ता रावलले भनिन्,‘यो कार्यशालाले पार्टीलाई वैचारिक र सांगठनिक रुपमा सुदृढ गर्ने गरी योजना बनाउन सहयोग गर्नेछ।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.