नवलपरासीमा मोबाइल बरामद

नवलपरासीमा मोबाइल बरामद

परासी :  भन्सार छलेर लैजाँदै गरेको अवस्थामा सशस्त्र प्रहरीले ३३ लाखबराबरको मोबाइल बरामद गरेको छ। नवलपरासीको सरावल गाउँपालिका-४ बडसारबाट सशस्त्र प्रहरी हरपुर गुल्मबाट खटिएको गस्ती टोलीले शनिबार बिहान ८८ थान मोबाइल बरामद गरेको हो। 

भारतीय मोटरसाइकलमा चढेर आएका व्यक्तिले झोलामा राखेर लैजाँदै गरेको मोबाइल बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गण नवलपरासीका सूचना अधिकारी डीएसपी यज्ञमान साउदले जानकारी दिए। बरामद गरिएका मोबाइलमा ४० थान आइफोन  र ४८ थान पोको नामक ब्राण्डका रहेका छन्।

बरामद भएका मोबाइलको मूल्य ३२ लाख ७० हजार रहेको छ। बरामद मोबाइल र मोटरसाइकललाई आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको छ। कारोबारमा संलग्न व्यक्ति भने गस्ती टोलीले घेरा हाल्ने संकेत पाएपछि झोलासहितको मोटरसाइकल छाडेर भागेको  डीएसपी साउदले बताए। 

साउन महिनाको अहिलेसम्म भन्सार छलि ल्याएका लत्ता कपडा,चिनी, हार्डवेयरलगायतका कुल ८५ लाख ५१ हजारका सामान बरामद गरेर भन्सार पठाइएको सशस्त्र प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.