तिलगंगा नेत्र विश्वविद्यालय विधेयकलाई चालू अधिवेशनबाटै पारित गर्न प्रयासरत छु : सभामुख घिमिरे

तिलगंगा नेत्र विश्वविद्यालय विधेयकलाई चालू अधिवेशनबाटै पारित गर्न प्रयासरत छु : सभामुख घिमिरे

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले तिलगंगा नेत्र विश्वविद्यालय विधेयकलाई सदनको चालू अधिवेशनबाटै पारित गर्नका लागि आफू प्रयासरत रहेको बताएका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख घिमिरेले तिलगंगा आँखा अस्पताललाई विश्वविद्यालय बनाउन सरकारले ल्याएको विधेयक अहिले संसदीय समितिमा विचाराधीन रहेको भन्दै यसलाई सदनको चालू अधिवेशनबाटै पारित गर्नका लागि आफू प्रयासरत रहेको बताए। 

उनले उक्त विधेयक पारित भएपछि नेपालमा आँखाको स्वास्थ्यसम्बन्धी उच्च शिक्षा अध्ययन, अध्यापन, अनुसन्धानका लागि कोशेढुङ्गा सावित हुने धारणा राखे। समितिबाट विधेयक पारित भए त्यसमा देखिएका कानुनी जटिलता हटाउन थप सहज हुने उनको विश्वास छ। 

सभामुख घिमिरेले देशमा रहेका विज्ञता, प्रतिभाहरूको कारण विश्वमा नेपालको चर्चा हुने गरेको भन्दै उनीहरूको उचित सम्मानमा राज्य गम्भीर हुनुपर्ने बताए। कार्यक्रममा सभामुख घिमिरेले ताप्लेजुङ सरोकार केन्द्रले प्रकाशन गरेका ताप्लेजुङ नामक पुस्तकको विमोचन गरेका थिए। कार्यक्रममा वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई विशेष सम्मान गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.