संविधान संशोधन गर्नुपर्ने भएकाले कांग्रेस-एमालेले अग्रसरता लिएको हो : यागेश भट्टराई

संविधान संशोधन गर्नुपर्ने भएकाले कांग्रेस-एमालेले अग्रसरता लिएको हो : यागेश भट्टराई

काठमाडौं : नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाँउ आउनुपरेको बताएका छन्। काठमाडौंमा आयोजित कार्यक्रममा भट्टराईले देशलाई प्रयोगशाला बनाउँदा विकास र समृद्धिमा असर परेको भन्दै मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाँउ आउनुपरेको बताए।

उनले इतिहासको कठिन मोडमा कांग्रेस-एमालेले देशका लागि निकै योगदान गरेको भन्दै अब मुलुकलाई अघि बढाउनका लागि पनि एकठाँउ आएको जिकिर गरे। उनले अर्थतन्त्रलाई लयमा फर्काउनुपर्ने, विदेशी मुलुकको विश्वास जितेर लगानीको वातावरण बनाउनुपर्ने लगायतका विषयलाई सहज ढंगले अघि बढाइने धारणा राखे। नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्नुपर्ने भएकाले कांग्रेस-एमालेले अग्रसरता लिए पनि सबै राजनीतिक दलहरूलाई एकसाथ लिएर जाने उनले बताए।

उनले नेपालको जलवायु परिवर्तनको असर ताप्लेजुङ लगायतका हिमाली क्षेत्रमा धेरै देखिएकाले जलवायु परिवर्तनको असर न्युनीकरण गर्न सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.