प्रधानमन्त्रीले भने–‘एकपल्ट मात्रै भए पनि आउनुस् नेपाल घुम्न’

प्रधानमन्त्रीले भने–‘एकपल्ट मात्रै भए पनि आउनुस् नेपाल घुम्न’

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सबै विमानस्थल सुरक्षित रहेको भन्दै विश्वका सबै पर्यटकहरूलाई नेपाल घुम्न आउन निम्तो दिएका छन्। 

nullनेपालको परिचय विश्वभरि फैलाउन जरुरी रहेको प्रधानमन्त्री ओलीले बताएका छन्। ‘दुनियाँलाई म आग्रह गर्न चाहन्छु, निम्तो दिन्छु। एकपल्ट मात्रै आउनुस् नेपाल घुम्न। अर्कोपल्ट आफैं आउन मन लाग्छ’, प्रधानमन्त्री ओलीले भने, ‘विश्व मानचित्रमा नेपाल अनौठो देश हो तर, यसको परिचय फैलिएको छैन।’ 

null ‘द च्यालेन्जर्सः गेम अफ हिमालयज्’ को ‘फस्ट रियालिटी शो फर एभरेस्ट’ सिनेमा हलमा शनिबार ललितपुरमा हेरेपछि प्रधानमन्त्री ओलीले नेपालका सबै विमानस्थलहरू सुरक्षित रहेको बताएका हुन्। उनले डरलाग्दो भनिएको लुक्ला विमानस्थल पनि सुरक्षित रहेको  बताए।  

‘छोटो धावनमार्ग भए पनि लुक्ला विमानस्थलमा दैनिक ५०/८० वटासम्म प्लेन टेकअप र ल्यान्ड हुन्छन्। विशेष तालिम प्राप्त र अनुभवी पाइलटले प्लेन उडाउनुहुन्छ’, प्रधानमन्त्रीले भने।

नेपालका धेरै हिमालहरूबारे पर्यटक र नेपालीहरूलाई नै थाहा नभएको प्रधानमन्त्री ओलीको भनाइ थियो। उनले भने, ‘सबै नेपालीले आफ्नै देश जान्न र बुझ्न एकपटक देश घुम्नुपर्छ।’

nullसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको पूर्वाधारमा सरकार ध्यान रहेको बताए। 

‘फस्ट रियालिटी शो फर एभरेस्टले पर्यटकहरूलाई नेपाल घुम्न आउन उत्प्रेरित गर्छ’, उनले भने, ‘हाम्रो मनमोहक प्राकृति र सुन्दर संस्कृतिको विविधतालाई शोमा देखाइएको छ।’

नेपालको ‘फस्ट रियालिटी शो फर एभरेस्ट’

नेपाली समूहले पहिलोपटक ‘द च्यालेन्जर्स–गेम अफ हिमालयज्’ अन्तर्गत  ‘फस्ट रियालिटी शो फर एभरेस्ट’ निर्माण गर्न सफल भएको छ। 

null‘शो’का निर्देशक तथा प्रोडियुसर गुरुङका अनुसार ‘शो’मा ६ वटा देशका ११ जना युटुबर र भ्लगरहरूबीच प्रतिस्पर्धा गराइएको छ। नेपाल, भारत, थाइलेन्ड, अमेरिका, कोलम्बिया र फिलिफिन्सका सामाजिक सञ्जालमा चर्चा कमाएकाहरू ‘शो’ मा सहभागी छन्। ‘हामीले अढाई वर्ष अगाडि १२ दिन लगाएर लुक्लादेखि सगरमाथाको बेस क्याम्पसम्मको यात्रालाई छयांकन गरेका थियौं’, प्रोडियुसर गुरुङले भने, ‘विदेशीहरूलाई हिमाल यात्रा गराएर उनीहरूबाटै हाम्रा हिमाल, संस्कृति र देशका कथा विश्वलाई सुनाउनु र देखाउनु ‘शो’ को मुख्य उद्देश्य हो।’ 

‘द च्यालेन्जर्स–गेम अफ हिमालयज्’ को ‘फस्ट रियालिटी शो फर एभरेस्ट’ शीर्षकमा ८ वटा एपीसोड निर्माण गरिएको छ। प्रतिस्पर्धामा सहभागीहरूले लुक्लादेखि सगरमाथाको कलापत्थरसम्म गेम खोल्दै जाने छन्। विजेताले १ लाख अमेरिकन डलर पुरस्कार जित्ने आयोजकले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.