अछाममा कुन वर्षमा कुन पालिकाको बेरुजु कति ?
अछाम : महालेखा परीक्षकको प्रतिवेदन अनुसार अछामका दश पालिकाको बेरुजु दुई अर्बभन्दा बढिरहेको छ। महालेखा परीक्षकको प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७४/७५ देखि २०७९/८० सम्म अछामका पालिकाको बेरुजु दुई अर्ब २ करोड ६५ लाख २० हजार रहेकोे छ।
महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९/८० को ६१औं वार्षिक प्रतिवेदनमार्फत अछामका १०पालिकाको बेरुजु २६ करोड ४८ लाख २७ हजार रहेको देखाएको छ। प्रतिवेदनअनुसार जिल्लाको १०पालिकाको १४ अर्ब ४० करोड ७० लाख ३१ हजार लेखा परीक्षण गरिएकोमा उक्त रकम बेरुजु रहेको छ। अछामका सबै भन्दा बढी बेरुजु ढकारी गाउँपालिकाको रहेको छ। ढकारीको ६ करोड ४७ लाख ७४ हजार बेरुजु रहेको उल्लेख गरेको छ। सबैभन्दा कम पञ्चदेवल विनायक नगरपालिकाको ७५ लाख ५९ हजार र बान्नीगढी जयगढ गाउँपालिकाको एक करोड ३१ लाख ५१ हजार बेरुजु रहेको छ।
साँफेबगर नगरपालिकाको ४ करोड ४४ लाख ५७ हजार बेरुजु रहेको छ। रामारोशन गाउँपालिकाको ४ करोड २ लाख २९ हजार,चौरपाटी गाउँपालिकाको २ करोड ६९ लाख ७७ हजार,कमलबजार नगरपालिका २ करोड ७ लाख ७० हजार, तुर्माखाँद गाउँपालिका २ करोड ३५ लाख ६७ हजार, मेल्लेख गाउँपालिका एक करोड ४२ लाख ४२ हजार र मंगलसेन नगरपालिकाको १ करोड ४१ लाख ९२ हजार बेरुजु रहेको उल्लेख छ।
२०७८/७९ मा अछामका स्थानीय तहको बेरुजु ४३ करोड १९ लाख ८२ हजार रहेको थियो। महालेखा परीक्षकको ६०औं वार्षिक प्रतिवेदनका अनुसार उक्त आर्थिक वर्षमा सबैभन्दा बढी ढकारी गाउँपालिकाको १० करोड ३ लाख २२ हजार रहेको छ भने सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकाको एक करोड ४२ लाख ४ हजार रहेको छ। रामारोशन गाउँपालिकाको ७ करोड ७५ लाख ७८ हजार, तुर्माखाँद गाउँपालिकाको ५ करोड ७२ लाख ३४ हजार, साँफेबगर नगरपालिकाको ३ करोड ९८ लाख ४१ हजार बेरुजु रहेको छ। यसैगरी कमलबजार नगरपालिकाको ३ करोड ९५ लाख ९५ हजार, पञ्चदेवल विनायकको ३ करोड ६५ लाख ७४ हजार,चौरपाटीको ३ करोड १९ लाख १ हजार,मेल्लेखको २ करोड ३९ लाख २१ हजार र मंगलसेन नगरपालिकाको २ करोड ३१ लाख ४२ हजार,बेरुजु रहेको छ।
महालेखा परीक्षकको ५९औं वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७७/७८ मा अछामका पालिकाको बेरुजु २६ करोड ६५ लाख ११ हजार रहेको छ। उक्त आर्थिक वर्षमा सबैभन्दा बढी रामारोशन गाउँपालिकाको ६ करोड ६२ लाख ८३ हजार बेरुजु रहेको छ भने सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकाको एक करोड १७ लाख ३७ हजार रहेको छ।
साँफेबगर नगरपालिकाको बेरुजु ५ करोड ६२ लाख ३६ हजार, पञ्चदेवल विनायक नगरपालिका ४ करोड ९७ लाख १० हजार, ढकारी ४ करोड ५२ लाख ९८ हजार, तुर्माखाँद गाउँपालिकाको ३ करोड ५४ लाख ८३ हजार, मंगलसेन नगरपालिकाको ३ करोड २६ लाख ४७ हजार, मेल्लेख गाउँपालिका २ करोड ६५ लाख ८७ हजार, चौरपाटी २ करोड २२ लाख १६ हजार र कमलबजार नगपालिका २ करोड ३ लाख १४ हजार रहको छ।
आर्थिक वर्ष २०७६/७७ मा अछाममा ४६ करोड २ लाख ८६ हजार बेरुजु छ। महालेखा परीक्षकको ५८ औं वार्षिक प्रतिवेदनका अनुसार उक्त आर्थिक वर्षमा सबैभन्दा बढी पञ्चदेवल विनायक नगरपालिकाको १६ करोड ९९ लाख ४४ हजार बेरुजु रहेको छ भने सबै भन्दा कम बान्नीगढी जयगढ गाउँपालिकाको एक करोड ८ लाख २७ हजार रहेको छ।
यसैगरी साँफेबगर नगरपालिकाको ५ करोड ३७ लाख १२ हजार,चौरपाटी गाउँपालिकाको ४ करोड ८२ लाख ८२ हजार,ढकारी गाउँपालिकाको ४ करोड १९ लाख ४१ हजार, मंगलसेन नगरपालिकाको ३ करोड ७३ लाख ६५ हजार,कमलबजार नगरपालिकाको २ करोड ६७ लाख २ हजार, मेल्लेख गाउँपालिकाको २ करोड ३१ लाख ३६ हजार, रामारोशन गाउँपालिकाको २ करोड ५२ लाख ३० हजा,र तुर्माखाँद २ करोड ३९ लाख ४७ हजार रहेको छ। महालेखा परीक्षकको ५७औं वार्षिक प्रतिवेदनका अनुसार आर्थिक वर्ष २०७५/७६ मा अछाममा ३९ करोड ७५ लाख ५० हजार बेरुजु रहेको छ। सबैभन्दा बढी साँफेबगर नगरपालिकाको ८ करोड ९४ लाख ३० हजार र सबैभन्दा कम बान्नीगढी जयगढ गाउँपालिकाको बान्नीगढी जयगढ गाउँपालिकाको ४९ लाख २६ हजार बेरुजु रहेको छ।
यसैगरी मेल्लेख गाउँपालिकाको ८ करोड ६९ लाख ७१ हजार, चौरपाटी गाउँपालिकाको ५ करोड ५ लाख ९३ हजार, मंगलसेन नगरपालिकाको ३ करोड ९० लाख ९७ हजार, कमलबजार नगरपालिकाको ३ करोड ६२ लाख ४० हजार, रामारोशन गाउँपालिकाको ३ करोड ४६ लाख ३२ हजार, पञ्चदेवल विनायक नगरपालिकाको ३ करोड ४१ लाख ८२ हजार, तुर्माखाँद एक करोड ४१ लाख ६२ हजार,ढकारी गाउँपालिकाको ७३ लाख १७ हजार बेरुजु रहेको छ।
आर्थिक वर्ष २०७४/७५ मा अछामको बेरुजु २० करोड ५३ लाख ६४ हजार रहेको छ। महालेखा परीक्षकको ५६आंै वार्षिक प्रतिवेदनका अनुसार उक्त रकम बेरुजु देखिएको हो। सबैभन्दा बढी साँफेबगर नगरपालिकाको ७ करोड १६ लाख ७ हजार रहेको छ भने सबैभन्दा कम मंगलसेन नगरपालिकाको ३५ लाख ३८ हजार र चौरपाटी गाउँपालिकाको ६४ लाख २ हजार बेरुजु रहेको छ।
यसैगरी रामारोशन गाउँपालिकाको २ करोड २७ लाख २६ हजार, तुर्माखाँद गाउँपालिकाको २ करोड ९ लाख ३४ हजार, मेल्लेख गाउँपालिकाको एक करोड ९४ लाख ४१ हजार, पञ्चदेवल विनायक नगरपालिकाको एक करोड ८३ लाख १० हजार, कमलबजार नगरपालिकाको एक करोड ३७ लाख ४३ हजार,ढकारी गाउँपालिकाको एक करोड ६२ लाख ८० हजार र बान्नीगढी जयगढ गाउँपालिकाको एक करोड २३ लाख ८३ हजार रहेको छ।