मोरङमा स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु

मोरङमा स्कुल बसको ठक्करबाट साइकल यात्रीको मृत्यु
साइकलयात्रीलाई ठक्कर दिने स्कुल बस । तस्बिर : अन्नपूर्ण

विराटनगर  : मोरङमा तीव्र गतिमा रहेको स्कुल बसले ठक्कर दिँदा आइतबार बिहान साइकल यात्रीको मृत्यु भएको छ । विद्यार्थी लिनलाई विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा साइकलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार विराटनगरस्थित अरनिको स्कुलको बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो ।

ठाकुरलाई बिहान ९: ४५ बजेतिर बसले ठक्कर दिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए । शवलाई पोस्टमार्टमका लागि रंगेली अस्पतालमै राखिएको छ । 

बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी डीएसपी बस्नेतले दिए । उनका अनुसार बसमा विद्यार्थी थिएनन् । बसको तीव्र गति र चालकको लापरबाहीका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । इलाका प्रहरी कार्यालय रंगेलीका इन्सपेक्टर सन्तोष खड्का नेतृत्वको टोलीले दुर्घटनाको थप अनुसन्धान अघि बढाएको छ ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.