सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघु नन्दन मारु चयन

सिमेन्ट उत्पादक संघको अध्यक्षमा रघु नन्दन मारु चयन

काठमाडौं : शनिबार  काठमाडौंमा सम्पन्न नेपाल सिमेन्ट उत्पादक संघको २० औं साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको छ। 

उक्त  साधारण सभाबाट सर्वसम्मत रूपमा अध्यक्षमा रघुनन्दन मारु चयन भएका छन्  भने उपाध्यक्षमा डा ताराप्रसाद पोखरेल र विकास दुगड चयन भएका छन् त्यसै गरि  महासचिवमा राजाराम खड्का र कोषाध्यक्षमा अरुणकुमार कर्ण चयन भएका छन्।

संघका सदस्यहरूमा निपेश तायल, शोभाकर न्यौपाने, तेन्जिङ लाक्देन तामाङ, आदित्य सांघई, विष्णु अग्रवाल, नन्दी केशर पौडेल, केशव प्रसाद उप्रेती, हुवांग सी जुंग र अनिल रुगंटा सर्वसम्मत भएका छन्। राजन कुमार झा संघको आमन्त्रित सदस्यमा सर्वसम्मत भएका छन्।

यस्तै सल्लाहकारमा पुरुषोत्तमलाल संघई, पशुपति मुराराका र साहिल अग्रवाललाई मनोनित गरेको छ। 
नवनिर्वाचित अध्यक्ष मारुले सिमेन्ट उद्योगमा देखिएका समस्याहरूको समाधान खोज्ने र सबै पक्षहरूलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्। त्यस्तै चुन ढुङ्गा  उत्खनन र विद्युत बैकिङ लगायतका समस्या समाधान का लागि  सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.