भक्तपुरको नगदेशमा गुँला पर्व सुरु

भक्तपुरको नगदेशमा गुँला पर्व सुरु

भक्तपुर : मध्यपुर थिमिको नगदेशमा गुँला पर्व सुरु भएको छ। मध्यपुर थिमिको नगदेशमा श्री सिद्धि गणे द्यो दाफा भजन खलको आयोजनामा गुँला पर्व सुरु भएको हो। गुँला पर्वको पहिलो दिन आइतबार गुँला बाजासहित नगदेश बासीहरूले नगदेशको भित्री बस्तीमा स्थापना गरिएका चैत्य, बिहार, गुम्बा र मठ मन्दिर दर्शन गरेका छन्।

गुँला पर्वको पहिलो दिनमा चार सयभन्दा बढी नगदेश वासीहरूले गुँला बाजासँगै नगदेशको भित्री इलाका परिक्रमा गरेको आयोजक श्री सिद्धि गणे द्यो दाफा भजन खलका बाजा व्यवस्थापक भाइजान घवाले बताएका छन्। 

गुँला पर्व नेवार समुदायले वर्षभरि मनाउने विभिन्न लामो पर्व मध्य एक हो। गुँला पर्व मुख्यता श्रावण शुक्ल प्रतिप्रदादेखि सुरु हुने गर्छ। तर नगदेशमा हरेक गथांमुग: चर्‍हेको भोलिपल्ट वा दिल्लाग आमै अर्थात श्रावण कृष्ण औंसीदेखि सुरु हुन्छ। 

काठमाडौं उपत्यकालाई चोबारको पहाड काटेर उपत्यकालाई जलमुक्त बनाए पछि उपत्यकामा मजुश्रीले कमलको फूल रोपेको र कमललाई छोप्न बनाइएको स्वयम्भू चैत्यलाई निर्माण गर्ने क्रममा हरेक दिन हेरचाह गर्न जाने कार्यबाट नै गुँला पर्व सुरु भएको थिमि गुँला बाजा खलका केन्द्रीय सदस्य आदित्य बजराचार्य बताउँछन्। 

महाबिहारका केन्द्रीय सदस्य आदित्य बजराचार्य गुँला शाब्दले नेपाल सम्बतको ९ ओ औ महिना लाई जनाउँछ। जसमा गुँ शब्द भन्नाले ९ र ला भन्नाले महिना हो। नेपाल सम्बतको नवौं महिना नै गुँला पर्व हो। गुँला शब्दलेजंगलकोबाटो लाई पनि जनाउने आदित्य बजराचार्य हो। जसमा गुँ भन्नाले जंगल बुझिन्छ। र ला भन्नाले बाटो पनि बुझिन्छ। 

उनका अनुसार धा बाजा बजाएर चैत्य परिक्रम गर्ने चलनबाटै बिभिन्न मठ मन्दिर घुम्ने परम्परा सुरु भएको हो। उनले चैत्य मन्दिर बहालहरू घुम्ने क्रममा नजिकका मन्दिर पनि घुम्ने चलन बढ़्दै गएपछि धर्मावलम्बीहरूले मठ मन्दिर घुम्न थालेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.