जोकोभिचलाई पहिलो स्वर्ण

जोकोभिचलाई पहिलो स्वर्ण

पेरिस : कीर्तिमानी २४औं ग्रान्डस्लामको उपाधि विजेता नोभाक जोकोभिचले पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका छन्। जोकोभिचले पाँचौं ओलम्पिक सहभागितामा पहिलो पटक पुरुष एकलमा स्वर्ण पदक जितेका हुन्। आइतबार राति भएको फाइनलमा चिरप्रतिद्वन्द्वी स्पेनका कार्लोस अल्कारेजलाई पराजित गर्दै स्वर्ण पदक पक्का गरेका हुन्।

निकै प्रतिस्पर्धात्मक खेलमा जोकोभिचले अल्कारेजलाई ७–६(७–३), ७–६(७–२) ले पराजित गरेका हुन्। यससँगै जोकोभिचले पछिल्ला दुई विम्बल्डनको फाइनलमा भोगेको हारको बदला पनि लिएका छन्। अघिल्लो महिना भएको विम्बल्डनको फाइनलमा अल्कारेजले जोकोभिचलाई ६–२, ६–२, ७–६ ले पराजित गर्दै उपाधि जितेका थिए। त्यसअघि सन् २०२३ को विम्बल्डनको फाइनलमा पनि अल्कारेजले जोकोभिचलाई १–६, ७–६, ६–१, ३–६, ६–४ ले स्तब्ध पारेका थिए। जोकोभिचले सेमिफाइनलमा इटालीका लोरेन्जो मसेट्टीलाई ६–४, ६–२ ले पराजित गर्दै पहिलो पटक फाइनलमा स्थान बनाएका थिए। 

सबै ग्रान्डस्लामको उपाधि जितिसकेका ३७ वर्षीय जोकोभिच सन् २०२० को टोकियो ओलम्पिकमा चौथो स्थानमा खुम्चिएका थिए। त्यसअघि सन् २००८ को बेइजिङ ओलम्पिकमा कांस्य पदक जितेका उनले ओलम्पिकमा जितेको यो नै एक्लो पदक हो। जोकोभिचको यो पाँचौं ओलम्पिक सहभागिता हो। उनले सन् २००८ को बेइजिङ, २०१२ को लन्डन, २०१६ को रियो र सन् २०२० को टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए।

पछिल्लो समय निकै लयमा रहेका स्पेनका अल्कारेजले क्यानडाका फेलिक्स अगर अलियासिमेलाई ६–१, ६–१ ले पाखा लगाउँदै जोकोभिचसँगको उपाधि भिडन्त पक्का गरेका थिए। २१ वर्षीया अल्कारेजले पछिल्लो दुई महिनामा तेस्रो फाइनल खेलेका हुन्। 

गत जुनमा पेरिसमै फ्रेन्च ओपनको उपाधि जितेका उनले एक महिना अघि विम्बल्डनको फाइनल खेलेका थिए। अल्कारेजले अहिलेसम्म चारवटा ग्रान्डस्लामको उपाधि जितेका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.