सुदूरपश्चिममा आजै मन्त्रिमण्डल गठन : साढे ३ बजे शपथ

सुदूरपश्चिममा आजै मन्त्रिमण्डल गठन : साढे ३ बजे शपथ
तस्बिर : अन्नपूर्ण

धनगढी : सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाह र मन्त्रीहरूले आज शपथ लिने भएका छन्। प्रदेश प्रमुखको कार्यालयका अनुसार शपथका लागि सोमबार दिउँसो साढे ३ बजेका लागि समय तय भएको छ।

मुख्यमन्त्री शाहले मन्त्रिमण्डललाई पूर्णता दिएर सँगै शपथ लिने योजना बनाएका छन् । कांग्रेसले मन्त्रीहरूको टुंगो लगाइसकेको छ । कांग्रेसले सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला मन्त्रालय लिने समहति भएको छ । उसले कञ्चनपुरबाट प्रदेश सभा सदस्य बहादुरसिंह थापा र अछामबाट प्रदेश सभा सदस्य मेघराज खडकालाई मन्त्री बनाउने निर्णय गरेको हो।

नागरिक उन्मुक्ति पार्टीले पनि पूर्व सामाजिक विकास मन्त्री लक्ष्मण किशोर चौधरीलाई मन्त्री बनाउने निर्णय गरेको छ। उनलाई उद्योग पर्यटन बन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइने नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरीले बताए ।

एमालेबाट मन्त्रीहरूको नाम आए आजै प्रदेश सरकारको मन्त्रिमण्डल पूर्ण हुनेछ । एमालेको भागमा भौतिक पूर्वाधार, भूमी व्यवस्था कृषि तथा सहकारी र आन्तरिक मामिला मन्त्रालय परेका छन् । तीन मन्त्रालयका लागि उसले आज २ बजेको संसदीय दलको बैठकमा मात्रै टुंगो लगाउनेछ । 

एमाले स्रोतका अनुसार बैतडीबाट प्रदेश सभा सदस्य सुरेन्द्र बहादुर पाल,कञ्चनपुरबाट प्रदेश सभा सदस्य वीरबहादुर थापा र कैलालीबाट प्रदेश सभा सदस्य सन्तोषकुमारी थापा शर्माको नाम चर्चामा छन् । पाल र थापा यसअघि २४ दिनका लागि मात्रै मन्त्री भएका थिए ।

 जेठ २८ गते मन्त्री भएका दुवैजनाले असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि राजीनामा दिएका थिए । थापा पनि राजेन्द्र सिंह रावल नेतृत्वको सरकार भएका बेला ३० दिनका लागि बिना विभागीय मन्त्री भएकी थिइन् ।

कांग्रेसले मन्त्रीमा नयाँ अनुहार ल्याएको हो । यसअघिका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवा यसपछि मुख्यमन्त्री हुने सर्तमा मन्त्री बनेनन । मुख्यमन्त्री शाहले मन्त्रालय नबढाए पनि तीनजना राज्यमन्त्री थप्ने योजना बनाएका छन्। राज्यमन्त्रीमा कांग्रेसबाट गीता चौधरी, एमालेबाट निर्मला साउदको नाम चर्चामा आएको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.