खलङगाबाट रुकुमपूर्व आउँदै गरेको जीप दुर्घटना,चालक घाइते

खलङगाबाट रुकुमपूर्व आउँदै गरेको जीप दुर्घटना,चालक घाइते
सांकेतिक तस्बिर।

रुकुमपूर्व : रुकुमपूर्व आउँदै गरेको पिकअप भ्यान दुर्घटना भएको छ । दुर्घटनामा जीपका चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका रुकुम पश्चिमका प्रहरी नायब उपरीक्षक नवराज पोरखेलका अनुसार दुर्घटनामा मुसिकोट नगरपालिका ८ घोरखानी निवासी जीप चालक १९ वर्षीय डम्मर खड्का घाइते भएका भएका छन्। 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ७ र ८ को सिमानामा पर्ने रिनदह नजिकै भ्यान दुर्घटना भएको हो ।  जीप उकाले चढ्ने क्रममा पल्टिन जाँदा उनी च्यापिएर घाइते भएको प्रहरीले जनाएको छ।

सोमबार बिहान रुकुम पश्चिमको मुसिकोट खलङगाबाट रुकुम पूर्वको रुकुमकोटतर्फ आउँदै गरेको रा १ च १३१७ नम्बरको सामान बोक्ने जीप मध्यपहाडि राजमार्गको सडकखण्डमा दुर्घटना भएको हो।

प्रहरीका अनुसार जीपका सहचालक त्रिवेणी गाउँपालिका १० निवासी १७ वर्षीय जयप्रकाश गौतम भने सकुशल छन्। । घटनास्थलमा नेपाल प्रहरी र मुसिकोट नगर प्रहरी पुगेको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.