कर्णालीका मुख्यमन्त्री कँडेलले पाए दोस्रो पटक विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए दोस्रो पटक विश्वासको मत

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले दोस्रो पटक विश्वासको मत पाएका छन्। संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री कँडेलले सोमबार दिउँसो ३ बजे बसेको प्रदेशसभाको बैठकमा दोस्रो पटक विश्वासको मत पाएका हुन्। 

प्रदेश सभामा उपस्थित संख्या ३७ भएकोमा मुख्यमन्त्री कँडेलले विश्वासको मतका लागि राखेको प्रस्तावको पक्षमा २३ मत र विपक्षमा १४ मत परेको छ। राप्रपा सांसद भने बैठकमा अनुपस्थित भइन्। मुख्यमन्त्री कँडेललाई नेपाली कांग्रेसका १४ र एमालेका ९ गरी २३ जना सांसदले विश्वासको मत दिए। यसअघि माओवादी र एमालेको समर्थनमा मुख्यमन्त्री क“डेलले वैशाख १३ गते पहिलोपटक प्रदेशसभाबाट विश्वासको मत लिएका थिए। फेरि संघीय सरकारको गठबन्धनमा आएको फेरबदलसँगै प्रदेशमा भएको गठबन्धन परिवर्तनका कारण कंडेलले दोस्रो पटक विस्वासको मत लिनुपरेको हो। 

नयाँ सत्ता समीकरण अनुसार साउन ७ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सरकारबाट समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कँडेल नेतृत्वको सरकार अल्पमतमा परेको थियो। आइतबार कांग्रेसका ४ मन्त्री सहित कर्णाली सरकारमा सहभागी भएस“गै उनी नेतृत्वको सरकारले फेरी पूर्णता पाएको छ। जम्मा ४० सदस्यीय कर्णाली प्रदेश सभामा नेकपा (एमाले) का १० (समामुखसहित), माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १४, राप्रपा र समाजवादी १÷१ जना गरी हाल ३९ जना सांसद छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.