बंगलादेश घटनाबारे दाहालको टिप्पणी- बहुमतको आडमा जे गरे पनि हुन्छ भन्ने कुरा नेपाली शासकले पनि बुझे हुन्छ

बंगलादेश घटनाबारे दाहालको टिप्पणी- बहुमतको आडमा जे गरे पनि हुन्छ भन्ने कुरा नेपाली शासकले पनि बुझे हुन्छ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बहुमतको आडमा जे गरे पनि हुन्छ भन्ने कुरा बंगलादेशको घटनामा देखिएको बताएका छन्। 

पार्टीको कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका पूर्व प्रधानमन्त्रीसमेत रहेका दाहालले नेपाली शासकहरूलाई बहुमतको घमन्ड नगर्न सुझाव दिए।
'बंगलादेशको विषयमा अध्ययन गर्दैछौं। त्यहाँको घटनाक्रमबारे सबै कुरा आइसकेको छैन। यति भन्नु चाहन्छु, हामीसँग बहुमत छ, जे गर्दा पनि हुन्छ भनेर शासकले ठान्नु दुर्भाग्य हुन्छ। यो कुरा नेपाली शासकहरूले पनि बुझे हुन्छ,' सञ्चारकर्मीको प्रश्नमा उनले भने।

बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले सोमबार पदबाट राजीनामा दिएकी थिइन्। प्रदर्शनकारीहरू प्रधानमन्त्री निवासमै प्रवेश गरेपछि उनी देश छाड्न बाध्यसमेत भएकी थिइन्। प्रधानमन्त्री हसिना भारतको शरणमा पुगेको एजेन्सीहरूले उल्लेख गरेका छन्। उनी अहिले त्रिपुरा राज्यको राजधानी अगरताला पुगेकी छन्।

जुलाइको पहिलो सातादेखि आरक्षणको विरोध सुरू भएको आन्दोलन सरकारविरुद्ध मोडिएको थियो। प्रधानमन्त्री हसिनाको विभिन्न अभिव्यक्ति र प्रदर्शनकारीमाथि भएको धरपकडले आन्दोलन सरकारविरोधी बनेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.