पेरिस ओलम्पिक : चार मिलिसेकेन्डले चुक्दा...

पेरिस ओलम्पिक : चार मिलिसेकेन्डले चुक्दा...

पेरिस : पेरिस ओलम्पिकअन्तर्गत आइतबार राति एथलेटिक्सको एक सय मिटर दौडको प्रतिस्पर्धा भएको थियो। जसमा अहिलेसम्मकै रोमाञ्चक भिडन्त भएको थियो।

एक सय मिटर दौडमा अमेरिकाका विश्व विजेता नोआह लाइल्सले ९.७९ सेकेन्डमा दौड पूरा गर्दै स्वर्ण जितेका थिए। लाइल्सले ओलम्पिक इतिहासमै अहिलेसम्मकै तेज गतिमा एक सय मिटर दौड पूरा गरेका हुन्। यस प्रतिस्पर्धामा जमैकाका किसन थम्पसनले पनि ९.७९ सेकेन्डमै आफ्नो दौड पूरा गरेका थिए। तर, उनी रजत पदकमा चित्त बुझाउन बाध्य भए। 

अमेरिका र जमैकाका दुवै देशका धावकले एक सय मिटर दौड ९.७९ सेकेन्डमा पूरा गरेका थिए। दुवैले एउटै समयमा दौड पूरा गरेपछि रेफ्रीले राउन्डअप समय हेरेका थिए। जसमा अमेरिकी धावक लाइल्सले उक्त दौड ९.७८४ सेकेन्डमा पूरा गरेका थिए। जबकी जमैकाका धावकले सो दूरी ९.७८९ सेकेन्डमा दौडिएका थिए। जम्मा ०.००४ सेकेन्डले जमैकाका थम्पसन स्वर्ण जित्नबाट चुकेका थिए। 

अमेरिकी धावक लाइल्सले एक सय मिटर दौडमा स्वर्ण जित्दै इतिहास बनाए। उनी एक सय मिटर दौड सबैभन्दा कम समयमा पूरा गर्ने दुनियाँका पहिले धावक बने। उनको करियरकै यो अहिलेसम्म सर्वश्रेष्ठ प्रदर्शन हो। दोस्रो नम्बरमा रहेका जमैकाका धावक थम्पसन कीर्तिमान नजिक पुगे पनि जम्मा चार मिलिसेकेन्डले पछि परेका थिए। यो ओलम्पिक इतिहासमा अहिलेसम्मकै सबैभन्दा कडा प्रतिस्पर्धा हो। 

नोआ लाइल्सले पेरिस ओलम्पिकमा अब दुई सय मिटर दौड दौडिँदै छन्। दुई सय मिटरमा पनि उनलाई प्रमुख दावेदार मानिएको छ। उनले गत वर्ष वल्र्ड च्याम्पियनसिपमा उसेन बोल्टको १९.१९ सेकेन्डको विश्व कीर्तिमान तोड्ने आशा गरिएको थियो। तर, हंगेरीमा भएको प्रतियोगितामा उनी चुकेका थिए। उनले दुई सय मिटर दौड १९.५२ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.