बंगलादेशको प्रधानमन्त्री निवासबाट के-के लिएर गए प्रदर्शनकारी (तस्बिरसहित)
ढाका : अगस्ट ५ मा बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले देश छोडेपछि प्रदर्शनकारीहरू उनको सरकारी निवास ‘गणभवन’ मा प्रवेश गरेका थिए। उनीहरुले त्यहाँ राखिएका सामानहरू लुटपाट गरेर बाहिर लगेको तस्बिर तथा भिडियोहरुमा देखिन्छ।
प्रदर्शनकारीहरूमध्ये कसैले प्रधानमन्त्री निवासबाट फर्निचर बोकेर गएको देखिन्छ भने कोही सोफामा आराम गरिरहेका देखिएका छन्।
गणभवनमा सोमबार ठूलो संख्यामा मानिस प्रवेश गरेका र विजयको प्रतीकका रूपमा राखिएका सामानहरू लिएर गएका हुन्।
सुरक्षाकर्मीले पनि उनीहरुलाई रोक्ने प्रयास गरेनन् ।