प्रधानमन्त्री ओली पहिलोपटक राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित हुँदै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमाउपस्थित हुने भएका छन्। मंगलबार दिउँसो २ बजे समितिको सभाकक्ष,सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री ओली आउने समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए।
खतिवडाका अनुसार आजको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक, लगायतका विषयमा छलफल हुँदैछ।
प्रधानमन्त्री भएपछि ओली पहिलोपटक समितिमा उपस्थित हुन लागेका हुन्। यसअघि १६ गतेको बैठकमा आमन्त्रण गरे पनि ओलीले आफू उपस्थित हुन नसक्ने पत्रसहित गृहमन्त्रीलाई बैठकमा पठाएका थिए।