बंगलादेशमा प्रदर्शनकारीले हसिनाका बुवाको नामको संग्रहालय जलाए
ढाका : बंगलादेशमा सोमबार प्रदर्शनकारीले धनमण्डीस्थित ‘बंगबन्धु स्मृति जादूघर’मा तोडफोड गरी आगजनी गरेका छन् ।
शेख हसिनाको पार्टी अवामी लीगको विरासतलाई जोगाउन बंगलादेशको राजशाही जिल्लामा यो संग्रहालय निर्माण गरिएको थियो।
प्रदर्शनकारीहरूले यस संग्रहालयमा राखिएको शेख हसिनाका पिता बंगबन्धु शेख मुजिबुर रहमानको तस्बिर पनि जलाएका छन्।