झापामा साढे १२ लाखको लत्ताकपडा बरामद

झापामा साढे १२ लाखको लत्ताकपडा बरामद

झापा : सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा भन्सार छलेर नेपाल भित्राएको अन्दाजी साढे १२ लाख बराबरको लत्ताकपडा बरामद गरेको छ। 

सशस्त्र प्रहरीले बुद्धशान्ति र मेचीनगरबाट सो मुल्य बराबरको लत्ताकपडा बरामद गरेको सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाका डीएसपी तथा सूचना अधिकारी उपरीक्षक सुमन पोखरेलले जानकारी दिए। 

सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस टिमाईबाट खटिएको टोलीले आज मंगलबार साँझ ७:१० बजेको समयमा बुद्धशान्ति गाउँपालिका–७ स्थित सुनमाई चिया बगानभित्र लुकाइछिपाई राखेको अवस्थामा ८ पोका कपडा बरामद गरेको हो। 

अन्दाजी १० लाख मुल्य बराबरको लत्ताकपडा इलाम र झापा जोडिएको सीमावर्ती नाकाबाट चोरी तस्करीको माध्यमबाट भित्राई सो स्थानमा ल्याएर भण्डारण गरी राखिएको थियो। 

त्यस्तै सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले आजै साँझ साढे ७ बजेको समयमा मेचीनगर नगरपालिका–६ स्थित बसपार्क क्षेत्रबाट अन्दाजी दुई लाख ५० हजार मुल्य बराबरको कपडा बरामद गरेको डीएसपी पोखरेलले बताए। सो सामान पनि भारतबाट भन्सार छलेर नेपाल भित्राएको थियो। 

बरामद गरिएको सामानहरूमा कुर्ता सुरुवाल, लेडिज पेन्ट, ल्याङ्घा, गन्जी लगायतका सामान रहेको छ। बरामद गरिएको सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाउने तयारी भइरहेको जनाइएको छ।   
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.