बंगलादेशमा आत्मरक्षाको माग गर्दै प्रहरीद्वारा हडताल

प्रदर्शनकारीद्वारा देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण

बंगलादेशमा आत्मरक्षाको माग गर्दै प्रहरीद्वारा हडताल

ढाका : बंगलादेशमा प्रहरी युनियनले देशका प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म प्रहरी हडतालमा रहने बताएको छ । बंगलादेश प्रहरीले प्रदर्शनकारीमाथि गोली रहरले नभइ बाध्यता चलाउनुपरेको बताएको छ ।

देशको प्रहरी संगठन ‘बंगलादेश प्रहरी सेवा संघ’ वा बीपीएसएले नचाहेर पनि आन्दोलनकारीमाथि दवावमा गोली चलाउनुपरेको जनाएको हो।

बिपीएसएले प्रहरीलाई जनतासामु खलनायकको रूपमा चित्रण गर्न अधिकारीलाई जिम्मेवार ठहर गरेको छ ।

बंगलादेशमा हजारौं प्रहरीको संगठन बीपीएसएले भनेको छ, 'देशले कानुन बनाउँछ र हामी लागू  मात्र  गर्छौं। हामीले हाम्रा उच्च अधिकारीहरूको आदेश पालन गर्नुपर्छ, चाहे त्यो कानुनी होस् वा अवैध।'

शेख हसिनाले सोमबार राजीनामा दिएपछि देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको प्रहरीले जनाएको छ । बंगलादेशमा भएको प्रदर्शनमा धेरै प्रहरीको पनि मृत्यु भएको थियो।

आफ्नो विज्ञप्तिमा निर्दोष विद्यार्थीमाथि भएको कारबाहीप्रति बीपीएसले माफी मागेको छ ।

बंगलादेशमा प्रहरी हडतालपछि ‘अन्सार’ लाई ढाकाको प्रहरी चौकी, ट्राफिक र विमानस्थलको जिम्मेवारी दिइएको छ । बंगलादेशमा अन्सार मूलतया स्वयम्सेवकहरू हुन् जो आन्तरिक सुरक्षाका लागि मुख्य सुरक्षा बलहरूसँग तैनाथ हुन्छन्।

बंगलादेशका जनसम्पर्क अधिकारी अन्सार मोहम्मद/रुबेल हुसेनले अन्सारले ढाकामा ट्राफिक नियन्त्रण गरिरहेका बताएका छन्।

प्रहरीले सुरक्षा चिन्तालाई मध्यनजर गर्दै हडतालको घोषणा गरेपछि अन्सार र गाउँ सुरक्षा बललाई धेरै प्रकारका प्रहरीको कामको जिम्मेवारी दिइएको छ ।

उनका अनुसार विमानस्थलमा अन्सार तैनाथ गर्ने प्रक्रिया पनि चलिरहेको छ । मंगलबार बंगलादेशको राजधानी ढाकामा कतै पनि प्रहरी गतिविधि वा उपस्थिति देखिएको छैन।

बंगलादेशमा प्रहरी हवल्दारदेखि इन्स्पेक्टरसम्मको सङ्गठन ‘प्रहरी सेवा संघ’ले प्रहरीको जीवन रक्षा नभएसम्म हडतालमा रहने घोषणा गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.