कार्यदलले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझायो टीआरसी विधेयकमा भएको सहमतिको प्रतिवेदन

कार्यदलले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई बुझायो टीआरसी विधेयकमा भएको सहमतिको प्रतिवेदन
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : संक्रणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउन गठित कार्यदलले सहमतिको प्रतिवेदनलाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेतालाई बुझाएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज एमाले अध्यक्षसमेत रहेका ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कार्यदलको प्रतिवेदन बुझेका हुन्।

कार्यदलका संयोजक गृहमन्त्री रमेश लेखकले टीआरसी विधेयकमा भएको सहमति प्रतिवेदन बुझाएका हु्न्। कार्यदलमा कांग्रेसबाट लेखक, एमालेबाट महेश बर्तौला र माओवादी केन्द्रबाट जनार्दन शर्मा सदस्य छन्। उनीहरुले विभिन्न चरणमा छलफल गरेपछि प्रतिवेदनलाई अन्तिम रुप दिएका हुन्। 

कार्यदलमा सहमति भएको प्रतिवेदन र विधेयकमा भएको संशोधनको प्रस्तावलाई कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा पेश गरेर छलफल भएपश्चात विधेयकलाई सदनमा पेस गर्ने तयारी छ।

मंगलबार बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रतिनिधिसभाको साउन २९ गते बस्ने बैठकमा टीआरसी विधेयक प्रस्तुत गर्ने गरि अघि बढ्न आग्रह गरेका थिए। सदनले बिजनेस नपाइरहेको अवस्थामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका साथै केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफललाई निष्कर्षमा पुर्‍याउनुपर्नेमा उनले जोड दिएका थिए।

सहमति जुटेमा यो विधेयक चालु संसद् अधिवेशनबाटै विधेयक पारित गर्ने तयारी छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.