तार जोड्ने क्रममा करेन्ट लागेर बालकको मृत्यु
विराटनगर : मोरङको जहदा गाउँपालिका–५ मा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार करेन्ट लागेर देवानन्द महतोका छोरा भरत महतोको मृत्यु भएको हो। मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लागेर घाइते भएका उनलाई उपचारका लागि विराटनगरको गोल्डेन अस्पताल ल्याइएको थियो ।
उपचारका लागि अस्पताल पुर्याउनासाथ मंगलबार साँझ चिकित्सकले मृत घोषित गरेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान सुरू गरिएको जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस !
५