भारतीय विदेशसचिव मिश्री नेपाल आउँदै, उच्चस्तरीय भेटवार्ता हुने

भारतीय विदेशसचिव मिश्री नेपाल आउँदै, उच्चस्तरीय भेटवार्ता हुने

काठमाडौं : भारतीय विदेशसचिव विक्रम मिश्री अर्को साता काठमाडौं आउँदैछन् । एमाले-कांग्रेसको संयुक्त सरकार बनेपछि भारतबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विदेशसचिव मिश्री अर्को साता काठमाडौं आइपुग्नेछन्।

नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल,प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालाई भेटनेछन् ।  विदेशसचिव मिश्रीले समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग समेत भेटने कार्यक्रम रहेको छ ।

विदेशसचिव मिश्रीको नेपाल भ्रमणबारे नेपाल र भारतका सरकारी अधिकारीहरूले औपचारिक रुपमा केही भनेका छैनन् । उनी गत असार १४ गते भारतको विदेशसचिवमा नियुक्त भएका थिए। राष्ट्रिय सुरक्षा सल्लाहकारका उपप्रमुखसमेत रहेका मिश्रीलाई विदेश सचिवको जिम्मेवारी दिइएको हो।  

विनयमोहन क्वात्राले अवकास पाएपछि मिश्री भारतीय विदेशसचिवमा नियुक्त भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.