गृहमन्त्री लेखकसँग जर्मन राजदूतको शिष्टाचार भेट
काठमाडौं : गृहमन्त्री रमेश लेखकसँग नेपालका लागि जर्मनीका राजदूत डा. थोमस प्रिन्जले शिष्टाचार भेटवार्ता गरेका छन् । गृह मन्त्रालयमा बुधबार बिहान गृहमन्त्री लेखकसँग राजदूत प्रिन्जले शिष्टाचार भेटवार्ता गरेको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्तामा उनीहरूबीच नेपाल र जर्मनीको आपसीहित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको थियो । गृहमन्त्री लेखकले जर्मनीले अहिलेसम्म गरेको सहयोगका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि सहयोग रहने विश्वास व्यक्त गरेका थिए।