मोहन वैद्यमा पुरातनवादी चिन्तन देखियो : धर्मेन्द्र बास्तोला
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का महासचिव धर्मेन्द्र बास्तोलाले मोहन वैद्यमा पुरातनवादी चिन्तन देखिएकाले क्रान्तिकारी कम्युनिस्ट पार्टीसँगको एकता असफल भएको बताएका छन्।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बास्तोलाले एकताका क्रममा संकिर्णवादी, पुरातनवादी रुझान देखा परेकाले वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीसँगको एकता असफल भएको बताए। पुर्याउन मान्यताको खारेजी गर्नु तथा राजनीतिक कार्यदिशा र कार्यनीतिमा व्यापकरूपान्तण गर्ने लक्ष्यका साथ पार्टी एकता गरेपनि एकताको प्रारम्भिक दिनहरूबाटै वैद्यबाट सहमति उलंघनको कार्य सुरु भएको उहाले आरोप लगाए।
उनले अहिलेका लागि पार्टी एकता असफल भए पनि पुराना प्रवृत्तिलाई सच्चाइएको अवस्थामा पुनः एकताका लागि आफूहरू खुला रहेको स्पष्ट पारे। उनले आफ्नो पार्टीले संगठनात्मक पुनर्गठन, राजनीतिक पुनर्गठन, आन्दोलन, चिन्तन प्रणाली र संस्कृतिमा पुनर्गठनको अभियान सञ्चालन गर्ने निर्णय गरिएको जानकारी दिए।
त्यस्तै नेकपा बहुमतले आगामी पुस ११ गते माओ दिवसको सन्दर्भ पारेर नवौं महाधिवेशनको मिति निर्धारण गर्दै ५ हजार ५ सय ५५ स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको जनाएको छ। यता क्रान्तिकारी कम्युनिस्ट पार्टीले भने पार्टी अनुशासन तथा सांगठनिक पद्धतिविरुद्ध गुटवादी तथा फुटवादी गतिविधि सञ्चालन गरेको भन्दै धर्मेन्द्र बास्तोला लगायतका नेताहरूलाई निष्काशन नै गरिसकेको छ।