प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।  एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद बैठक बोलाएका हुन्।दुर्घटनाको बारेमा छलफल र निर्णय गर्न प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। बैठक केही बेरमा सुरू हुनेछ।

हेलिकोप्टर दुर्घटनामा पाइलटसहित पाँचजनाको मृत्यु भएको पुष्टि भएको छ। मृत्यु हुनेमा चारजना चाइनिज नागरिक रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। हेलिकोप्टर पाइलट अरुण शाहीले चलाएका थिए।

यसघि साउन ९ गते काठमाडौंबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको थियो। उक्त दुर्घटनामा १८ जना यात्रुले ज्यान गुमाएका थिए। दुर्घटनामा पाइलट मनिष शाक्य भने घाइते भएका थिए। उनी उपचारपछि डिस्चार्ज भइसकेका छन्।

सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको १५ दिन नबित्दै अर्को हवाई दुर्घटना भएको हो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.