नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्काशन गर्ने
काठमाडौं : नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धमा एनआइएबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।
कम्पनीले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको अंकित मूल्य १०० रुपैयाँका दरले कूल २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।
कम्पनीले आईपीओको निष्काशन गर्नका लागि एनआईएमबी एस क्यापिटलसँग साउन २१ गते सम्झौता गरेको हो। उक्त सम्झौता पत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मृगेन्द्रनाथ रिमाल र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धन सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका हुन्।
न्यूत आए भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सीमान्तृकतका व्यक्तिहरूलाई लघु बीमा सेवा पुर्याउने उद्देश्यका लागि कम्पनीले २०७९/१२/ २७गते निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरेको थियो। कम्पनीले २०८०/०१/२६ गतेदेखि लघु निर्जीवन बीमासम्बन्धी कारबार गर्दै आइरहेको छ।