घाँटीमा हड्डी अड्किएर मृत्यु

घाँटीमा हड्डी अड्किएर मृत्यु

नवलपुर : पूर्वी नवलपरासीमा पाहुना हुन गएका एक व्यक्तिको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको छ।

गैंडाकोट नगरपालिका-१ गंगानगरस्थित छोरी कमला रानाभाटको घरमा मंगलबार बेलुका पुगेका ५९ वर्षीय अमबहादुर रानामगरको खाना खानेक्रममा घाँटीमा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डिसपी बेदबहादुर पौडेलले जानकारी दिए। 

मृतक रानामगरको घर तनहुँ भिरकोट नगरपालिका-३ पिपलबारी हो। छोरीको घरमा पाहुना हुन गएका रानामगरको खाना खानेक्रममा हड्डी अड्किएपछि उपचारका लागि भरतपुर अस्पतालमा लगिएको थियो। उपचारका क्रममा उनको बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.