सरकारले भन्यो- बंगलादेशका जनता संक्रमणलाई शान्तितर्फ लैजान सक्षम हुनेछन्

सरकारले भन्यो- बंगलादेशका जनता संक्रमणलाई शान्तितर्फ लैजान सक्षम हुनेछन्

काठमाडौं : सरकारले बंगलादेशमा भएको पछिल्लो परिस्थितिबारे औपचारिक धारणा सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बंगलादेशका जनतालाई शान्त र संयमता अपनाउन अपील गरेको छ। 

सरकारले बंगलादेशको लोकतान्त्रिक प्रक्रिया फिर्ता हुनेमा जोड दिएको छ। 'हामी सबैलाई शान्त र संयमको लागि आह्वान गर्दछौं। हामी विश्वस्त छौं, बंगलादेशका जनताले संक्रमणलाई शान्ति र स्थिरतातर्फ सहज लैजान सक्षम हुनेछन्,' विज्ञप्तिमा भनिएको छ।

त्यस्तै सरकारले बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालिरहेको र विरोध प्रदर्शनका क्रममा भएको जनधनको क्षतिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। सरकारले प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूका परिवारजनमा गहिरो समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।   

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.