हवाई सुरक्षाका निम्ति तत्काल सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता

हवाई सुरक्षाका निम्ति तत्काल सुधारका प्रयास थाल्ने पर्यटनमन्त्रीको प्रतिबद्धता
एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनास्थलको निरीक्षण गर्न पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे। तस्बिर : पर्यटनमन्त्रीको सचिवालय

काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १५ दिनको अवधिमा दुईवटा हवाई दुर्घटना हुनु दुर्भाग्यपूर्ण भएको बताउँदै हवाई सुरक्षालाई उच्चतम प्राथिमकतामा राखेर तत्कालीन, मध्यकालीन र दीर्घकालीन सुधारका पहल थालनी गरेको जनाएको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बुधबार राति एक विज्ञप्ति जारी गर्दै अति जरुरीबाहेक सबै पूर्वनिर्धारित कार्यक्रम स्थगन गरी आगामी एक साता हवाई सुरक्षाका विषयमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरेका छन्। साथै उनले त्यसका निम्ति आवश्यक कदम चाल्न मन्त्रालय र माताहतका निकायलाई परिचालन गर्ने उल्लेख गरेका छन्। 

बिहीबार बिहानै घटनास्थल पुगेर मन्त्री पाण्डेले वस्तुस्थितिकाबारे जानकारी लिएको बताएका छन्। मन्त्रीसँगै मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी घटनास्थल पुगेका थिए। 

मन्त्री पाण्डेले मुलुकको उड्डयन क्षेत्रले भोग्नु परेको असहजताको समाधान खोज्न सबैको साथ सहयोग र सुझावको अपेक्षा गर्दै हवाई सुरक्षाको सम्बन्धमा तत्काल र दीर्घकालमा चाल्नुपर्ने कमदका विषयमा कुनै सुझाव वा जानकारी भएमा मन्त्रालयको इमेल [email protected] मा पठाउन  आग्रह गरेका छन्। 

मन्त्री पाण्डेले बुधबार नै दुर्घटनास्थलमा जाने तय भएपनि हेलिकप्टर दुर्घटनाको विषयलाई लिएर मन्त्रिपरिषद्को आकस्मिक बैठक र प्रधानमन्त्री केपी शर्मा ओलीसँग हवाई सुरक्षालगायतका विषयमा छलफल गर्ने कार्यक्रम रहेकाले जान सम्भव नभएको बताएका छन्।

नुवाकोटको शिवपुरी गाउँपालिका–७ सूर्यचौरमा बुधबार एयर डाइनोस्टीको हेलिकप्टर दुर्घटनामा  पाइलट अरुण मल्लसहित चारजना चिनियाँ नागरिकको मृत्यु भएको थियो । बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको नाइएन-एजेडी कलसाइन हेलिकोप्टर नुवाकोटको सूर्यचौरमा दुर्घटना भएको थियो। 

मुलुकको उड्डयन क्षेत्रले भोग्नुपरेको नियति र हवाई क्षेत्रका समस्याको समाधान खोज्न सबैको साथ, सहयोग र सुझावको अपेक्षा गर्दै मन्त्रालयले तत्काल र दीर्घकालमा चाल्नुपर्ने कदमबारे सुझाव दिन अनुरोध गरेको छ । पर्यटनमन्त्री पाण्डेले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोकाकुल परिवारजनमा समवेदना व्यक्त गरेका छन्। 

सरकारले एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनाको विषयमा छानबिन गर्न जाँझबुझ आयोग बनाएको छ। दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा जाँझबुझ आयोग बनाएको हो। तीन सदस्यीय आयोगमा विष्णु थापा र तनुजा पोखरेल रहेका छन्। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आयोगको समय काम सुरू गरेको मितिले एक महिना रहने बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.