कर्णाली योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी

कर्णाली योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी

वीरेन्द्रनगर : कर्णाली प्रदेश योजना आयोगको उपाध्यक्षमा सूर्यनाथ योगी नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले वीरेन्द्रनगर नगरपालिका-४ निवासी योगीलाई प्रदेश योजना आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।

सरकारले लामो समयसम्म रिक्त रहेको कर्णाली प्रदेश योजना आयोगलाई पूर्णता दिएको हो। कर्णाली प्रदेश योजना आयोग (गठन तथा कार्य सञ्चालन) आदेश, २०७५ को दफा ३ को उपदफा (२) को खण्ड (ख) र (ग) मा व्यवस्था भएअनुसार उपाध्यक्ष र सदस्य पदमा दफा १२ बमोजिम आयोग गठन गर्ने निर्णयसँगै उपाध्यक्ष सहित दुई जना सदस्यहरूको पनि नियुक्त गरेको छ। 

आयोगको सदस्यहरूमा मुगुको छायाँनाथ रारा नगरपालिका-५ का डम्मरबहादुर रावल र रास्कोट नगरपालिका-३ कालिकोटका अशोकनाथ योगी सदस्यमा नियुक्त भएका छन्। उनीहरूको आज बिहीबार बिहान ११ बजे पद तथा गोपनीयताको शपथ खाएका छन्। 

 
उपाध्यक्षमा नियुक्त भएका सूर्यनाथ योगी र सदस्य रावल नेकपा एमाले निकट हुन् भने अर्का सदस्य योगी नेपाली कांग्रेस निकट हुन्। उपाध्यक्षमा नियुक्त भएका योगी दैलेखको गमौडीमा जन्मिएका हुन्। हाल वीरेन्द्रनगर नगरपालिका–४, निवासी योगी कृषि विज्ञ हुन्। 

उनी योगी नरहरिनाथ अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका क्याम्पस प्रमुख समेत हुन्। उनी भारत, थाइल्याण्ड लगायतका विभिन्न देशहरूमा गएर त्यहाँको विकासबारे अध्ययन अनुसन्धान समेत गरेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.