डडेलधुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
डडेलधुरा : डडेलधुरामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा गन्यापधुरा-३ का ४५ वर्षीय कृष्णबहादुर भूलको मृत्यु भएको भएको हो। जिल्ला प्रहरी कार्यालयले उपचारका लागि डडेलधुरा अस्पताल पुगाउँदा भूललाई चिकित्सकले मृत घोषणा गरेको जनाएको छ।
बिहीबार अपराह्न सवा ४ बजेतिर सदरमुकामबाट गन्यापधुरा गाउँपालिका-३ गौलीगाउँ गइरहेको सुपप्र ०४००१ च ०१३४ नम्बरको जीप अमरगढी नगरपालिका-५ पीपलचौतारा नजिकै नालीमा खसेर दुर्घटना भएको हो।
दुर्घटनामा ६ जना घाइते भएको प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए। उनका अनुसार घाइते हुनेमा गन्यापधुरा-३ की ६४ वर्षीया इश्वरीदेवी विष्ट, ८ वर्षीया आत्मिका विक, २८ वर्षीया शारदा विक, ३० वर्षीया लक्ष्मी दमाई, ५० वर्षीया धिमादेवी दमाई र ४४ वर्षीय चन्द्र कठायत रहेका छन्।
घाइतेमध्ये ईश्वरीलाई धनगढी रिफर गरिएको र बाँकी सामान्य घाइतेहरूको डडेलधुरा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक थापाले बताए। जीपमा चालकसहित ८ जना सवार थिए। चालक शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।