नसुध्रिएको उडान सुरक्षा

नसुध्रिएको उडान सुरक्षा

त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटमै सम्पर्कविहीन भएको एयर डाइनेस्टीको हेलिकोप्टर रसुवाको स्याफ्रुबेसीमा दुर्घटना भएपछि दुई सातामा भएका हवाई दुर्घटनामा ज्यान गुमाउनेको संख्या २३ पुग्यो । ९ साउनमा त्रिभुवन विमानस्थलमै सौर्य एयर दुर्घटनामा १८ जनाले ज्यान गुमाए । एकैछिन सरकार जुर्मुराए झैं भएको थियो । सरोकारवाला निकाय ताते झैं गरेको थियो । हवाई सुरक्षाका कुरा फेरि उठेका थिए । तर दुई सातामै अर्काे दुर्घटना भयो । यसले पटकपटक हवाई दुर्घटना हुँदा पनि हाम्रो हवाई सुरक्षा प्रणालीमा पटक्कै सुधार नभएको प्रस्ट भएको छ । एयर डाइनेस्टीको हेलिकोप्टर प्रविधिमा आधारित उडान गर्दै थिएन । भनेको उपकरणहरूको संकेत र सन्देशका आधारमा नभई भिजुअल फ्लाइट रुल्स (भीएफआर) दृश्यमूलक उडान थियो ।

अनि पहाडमा ठोक्किएर दुर्घटित भएको भन्ने प्रारम्भिक अड्कल छ । हेलिकोप्टरमा भीएफआर नै चलेको छ । तर बादलभित्र पस्न भने नागरिक उड्डयन प्राधिकरणले मनाही गर्छ । बरु उनले जे भनेको छ, त्यसको कार्यान्वयन चाहिँ भएको छैन । र, फेरि अर्काे दुर्घटना भएको छ । एयर डाइनेस्टीको दुर्घटना केवल फेरि अर्काे एउटा दुर्घटना मानिनु हुँदैन । यस्तै एउटा एउटा गरेरै सन् १९५५ यता नेपालमा १०९औं दुर्घटना भएका छन् । हेलिकोप्टरको मात्रै हिसाबमा यो ४०औं दुर्घटना हो । औसतमा वर्षको एउटाभन्दा बढी हवाई दुर्घटना भएका छन् । र, साढे ९ सयभन्दा बढीले हवाई दुर्घटनामा ज्यान गुमाउनु परेको छ । जबकि यातायातका साधनमध्ये सबैभन्दा सुरक्षित भनेकै हवाई यातायातलाई मानिन्छ ।

वर्षको एउटाभन्दा बढी हवाई दुर्घटना हुने हिसाबले नेपालको हवाई क्षेत्र त्यस्तो भरपर्दाे देखिएको छैन । त्यसैले नै युरोपेली संघले त नेपाली हवाई उडानमाथि प्रतिबन्ध लगाएको छ । नेपाली जहाज युरोप जान पाउँदैनन् । त्यसले पर्यटन आगमनमा ठूलो तगारो पैदा गरेको छ । नेपालका हवाईजहाज र हेलिकोप्टरमा कस्तो सुरक्षास्थिति छ, त्यसको अडिट बारम्बार हुनुपर्ने हो । कमजोर सुरक्षा प्रणाली भए उडानै रद्द गर्ने हिम्मत नागरिक उड्डयन प्राधिकरणले गर्न सक्नुपर्छ । तर दुर्घटना भएपछि छानबिन समिति बनाउने, त्यसको प्रतिवेदन लिएर धमिरालाई खुवाउनेबाहेक प्राधिकरण र सरकारले गर्न सकेका छैनन् । त्यसैले जति दुर्घटना हुन्छन्, त्यसपछि कम हुनु साटो अंक वृद्धिमात्रै भएको छ । वास्तवमा कुनै पनि दुर्घटनालाई खास घटनामात्रै नभई सिंगो हवाई क्षेत्र र उडान सुरक्षाका दृष्टिले हेरेर समग्र सुधार गर्न जरुरी छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.