सिन्धुलीमा ४२ लाखको अवैध सामानसहित ट्रक नियन्त्रणमा

सिन्धुलीमा ४२ लाखको अवैध सामानसहित ट्रक नियन्त्रणमा
बरामद सामान। तस्बिर : अन्नपूर्ण

सिन्धुली : सिन्धुली प्रहरीले ४२ लाख रुपैयाँ बढीको अवैध सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।  कमलामाई नगरपालिका- ९ स्थित इलाका प्रहरी कार्यालय भिमानबाट खटिएको प्रहरीको टोलिले बिल बिजक भन्दा अतिरिक्त अवैध सामानहरू ओसार पसार गर्ने म.प्र.०३–००२ख०३०६ नम्बरको ट्रक नियन्त्रणमा लिइएको हो । 

सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेका अनुसार सर्लाहीबाट वीपी राजमार्गहुँदै काठमाडौंतर्फ जाँदै गरेको उक्त ट्रकभित्र बिल बिजकभन्दा अतिरिक्त  अवैध सामान भएको पाइएपछि नियन्त्रणमा लिइएको हो । 

काफ्लेका अनुसार ट्रकमा ६ लाख ७५ हजार मुल्यको १ सय ५० बोरा चिनी, ८ लाख मुल्य बराबरको २० बोरा काजु, १ लाख ६५ हजार मुल्य बराबरको ११ बोरा छोकडा, ३ लाख ८४ हजार मुल्य बराबरको ६ बोरो सुपारी, ७२ हजार बराबरको २ बोरा कालो मरिच र ६ लाख ४० हजार मुल्य बराबरको १६ बोरो सेतो मरिच बरामद गरिएको हो।

ट्रकमा भएको बिल बिजक भन्दा बढी अवैध सामान फेला पारेपछि नियन्त्रणमा लिइ अनुसन्धान थालेको थियो । बरामद सामान र ट्रक आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको पनि प्रहरी प्रमुख काफ्लेको भनाइ छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.