आमाको ज्यान बचाएकोमा हसिनाका छोराले दिए मोदीलाई धन्यवाद
चुनाव निश्चित भएलगत्तै हसिना बंगलादेश फर्किने
ढाका : बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाका छोरा साजिब वाजिद जोयले आफ्नी आमा बंगलादेश फर्किने बताएका छन् ।
शेख हसिनाका छोरा सजीबले टाइम्स अफ इन्डियालाई दिएको फोन अन्तर्वार्तामा भने, 'आमाको कुनै पनि देशमा शरण लिने मनसाय छैन। आमा केही समयदेखि भारतमा हुनुहुन्छ । त्यसपछि बंगलादेश नै फर्कनुहुन्छ।'
साजिबले अन्तरिम सरकारले चुनाव गराउने निर्णय गरेलगत्तै उनकी आमा शेख हसिना बंगलादेश फर्किने बताएका छन् ।
उनले भने, 'म प्रधानमन्त्री मोदीलाई धन्यवाद दिन चाहन्छु। यति छोटो समयमा उनले मेरी आमाको ज्यान बचाए।'
टाइम्स अफ इन्डियासँग कुरा गर्दै सजीबले भने, 'म मेरो पार्टी र कार्यकर्ताहरूलाई बचाउन जे पनि गर्नेछु। यसका लागि राजनीतिमा आउनु परे पनि म पछि हट्ने छैन । मलाई विश्वास छ कि अवामी लिगले चुनावमा भाग लिनेछ र हामीले जित्ने पनि सम्भावना छ । हामीसँग बंगलादेशका जनताको उच्चतम समर्थन छ।' बीबीसी