बालसुधार गृह र कारागारहरूको स्थलगत अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन पारित

बालसुधार गृह र कारागारहरूको स्थलगत अनुगमन गर्न गठित उपसमितिको प्रतिवेदन पारित

काठमाडौं : प्रतिनिधि सभाअन्तर्गतको कानुन, न्याय तथा मानवअधिकार समितिले नेपालका बालसुधार गृह र कारागारहरूको स्थलगत अनुगमन गर्न गठित उपसमितिहरूको प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले सुझावसहित उपसमितिको प्रतिवेदन पारित गरेको हो ।

बैठकमा मोरङको विराटनगर बालसुधार गृह तथा मोरङ, सुनसरी र धनकुटाको कारागार उपसमितिको प्रतिवेदन, विरगंज बालसुधार गृह, पर्सा, रौतहट, महोत्तरी र सर्लाही जिल्लाको कारागार उपसमितिको प्रतिवेदन र बाँकेको जयेन्दु बालसुधार गृह र बाँके, बर्दिया र सुर्खेत जिल्लाको कारागारको अनुगमन उपसमितिको प्रतिवेदनमाथि छलफल भएको थियो ।

प्रतिवेदन पारित गर्दै समितिले सुझावसहित कार्यान्वयनका लागि गृह मन्त्रालय, महिला, कानुन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय गरिएको सभापति बिमला सुवेदीले जानकारी दिइन्। 

बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले बालसुधारका साथै कारागारलाई सुधार गर्न आवश्यक ऐन कानुन लगायतका विषयमा गम्भीर भएर लाग्ने बताए । उपसमितिको प्रतिवेदनलाई अध्ययन गरेर कार्यान्वयन गर्ने उनले बताए।

समिति सदस्यहरूले बाल सुधार गृहहरूलाई ऐन अनुसार सुधार गृहका रुपमा विकास गर्नुपर्ने, भौतिक संरचनामा उचित ध्यान दिनुपर्ने, बाल सुधार गृह र कारागारहरूमा स्वास्थ्य उपचार, खानेपानी शिक्षालगायतको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.