जेलबाट छुटेको सातौं दिनमा जसले १५ तोला सुन र ६० तोला चाँदी चोरे

जेलबाट छुटेको सातौं दिनमा जसले १५ तोला सुन र ६० तोला चाँदी चोरे

कैलाली कारागारका प्रमुख दिपक जोशीले गिरि साढे ३ वर्षको सजाय भुक्तान गरेर यसै साउनको १७ गते जेलमुक्त भएको बताए। उनले जेलमुक्त भएको सातौं दिन अथवा साउनको २३ गते दिउँसो साढे ११ बजेतिर ओझाको बसपार्क नजिकैको घरको २ वटा ताला तोडेर दराजभित्र राखेको सुन,चाँदी र नगदी चोरी गरेका थिए ।

धनगढी : मोबाइल चोरेको आरोपमा कैलाली कारागारमा साढे तीन वर्ष जेल सजाय र ३० हजार जरिवाना तिरेर छुटेका एकजनाले ठूलो परिणाममा सुन-चाँदी चोरी गरेको खुलेको छ। भीमदत्त नगरपालिका वडा नम्बर १८ कञ्चनपुर स्थायी ठेगाना भएका र धनगढी -१ एलएनचोक बस्ने ३१ वर्षीय हर्कबहादुर गिरिले जेलबाट छुटेको सातौं दिनमा घर फोडेर १५ तोला सुन,६० तोला बढी चाँदी र २५ हजार नगद चोरी गरेका हुन् । 

उनले धनगढी उपमहानगरपालिका वडा नम्बर ४ बसपार्क नजिक बस्ने योगेन्द्र ओझाको घरको ताला तोडेर उक्त गरगहना र नगदी चोरी गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक पदमबहादुर विष्टले पक्राउ परेका गिरिको साथबाट ५५ तोला चाँदी र ६ हजार नगद बरामद गरिए पनि सुन भने बरामद भइनसकेको बताए ।  ‘चाँदीको टीकादानी, करुवा, कचौरा र अरु गहना बरामद भएका छन्। नगद रकममा पनि ६ हजार जति बरामद भएको छ । पीडितले चोरी भएका भाँडाकुडा र गरगहना पहिचान गरिसकेका छन् तर सुनको पत्तो लागेको छैन, अनुसन्धान भइरहेको छ,'प्रहरी उपरीक्षक विष्टले भने ।

गिरिको आपराधिक यात्रा

गिरिको स्थायी घर भीमदत्त नगरपालिकाको वडा नम्बर १८ कञ्चनपुर हो । उनी २६ वर्षको उमेरमा (२०७७ सालमा) धनगढी आएर चोरीजन्य अपराधमा संलग्न भएको खुल्न आएको छ। । सुरूका दिनमा मोबाइल चोरीमा संलग्न रहे।  धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का महेशराज जोशीको मोबाइल चोरेपछि उनीविरुद्ध मुद्धा परेको थियो। । गिरिविरुद्ध जोशीले २०७७ साल कार्तिक २७ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गरेका थिए । उनी पक्राउ पनि परे । गिरिलाई जिल्ला अदालत कैलालीले २०७७ सालको चैत ४ गते चोरीको मुद्दामा साढे ३ वर्ष कैद र ३० हजार जरिवाना तोक्यो । 

कैलाली कारागारका प्रमुख दिपक जोशीले गिरि साढे ३ वर्षको सजाय भुक्तान गरेर यसै साउनको १७ गते जेलमुक्त भएको बताए। उनले जेलमुक्त भएको सातौं दिन अथवा साउनको २३ गते दिउँसो साढे ११ बजेतिर ओझाको बसपार्क नजिकैको घरको २ वटा ताला तोडेर दराजभित्र राखेको सुन,चाँदी र नगदी चोरी गरेका थिए ।

उनले चोरी गरेका गहना आफ्नो धर्मदिदीको माइतीघरमा ( धनगढी- १ नैनादेबी गेट नजिक) लुकाएर राखेर  राति अमित प्लाजाभित्रको गल्लीमा रहेको आफ्नो साथीको घर गएका थिए। चोरीको गहना बिक्री गरेको रकमले पार्टी गरिरहेका बेला उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । 

यसरी पत्ता लाग्यो सुराक

ओझाको घरनजिकैको सीसी क्यामेरा गिरिको सुराक पत्ता लगाउने मुख्य कारण बन्यो । उनले घरमा पसेको, निस्केको र त्यहाँबाट बाहिर बजारतिर गएको सीसी क्यामेराको भीडीयो प्रहरीले फेला पारेको छ । त्यही भीडीयोको आधारमा प्रहरीले उनलाई मुख्य बजारमा पनि खोज्दै हिँडेको थियो। उनी रातोपुलबाट अटो चढेर नैनादेवी मन्दिर जाने गेट नजिक गए । त्यहाँ अटोबाट ओर्लिएका उनले मुख्यबजारमै रहेको धर्मदिदीको माइतीको घर गएको भिडियोले प्रहरीले उनको पहिचान गरेको हो । 

गिरिलाई शुक्रबार जिल्ला अदालत कैलालीबाट म्याद थप गरेर अनुसन्धान भइरहेको मुद्दा शाखाका इञ्चार्ज उपेन्द्र बमले जनाएका छन्।    


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.