८ वर्ष बितिसक्दा पनि बनेन हुम्लामा पक्की पुल

८ वर्ष बितिसक्दा पनि बनेन हुम्लामा पक्की पुल

हुम्ला :  सिमकोटदेखि उत्तरी हिल्सा नाकासम्म जोड्ने हेप्का खोला, ताग्रुखोला र याङ्खगार पक्की पुल ठेकेदार कम्पनीले अलपत्र पारेका छन्।

सदरमुकामबाट नाकासम्म ९५ किलोमिटर सडकको ट्रयाक खुले पनि ठेकेदार कम्पनीहरूको चरम लापरबाहीले तीनवटा पक्की पुल निर्माण कार्य अलपत्र परेको हो। पुल नबन्दा स्थानीयले अत्यावश्यक सेवा लिन पनि सास्ती खेप्नु परेको छ।

सम्झौता भएको आठ वर्षसम्म पनि निर्माण कम्पनीहरूले पक्की पुल निर्माण कार्य अलपत्र पारेपछि काठे पुलको सहायताबाट गाडी गुड्ने गरेका छन्। हेप्काखोला निर्माण गरिएको काठेपुल बाढीले बेलाबेला बगाउँदा सदरमुकाम सिमकोटदेखि उत्तरी हिल्सा नाकासम्म आउजाउ गर्न समस्या हुने गरेको नाम्खा गाउँपालिका-५ का स्थानीय निमा तामाङले जानकारी दिए।

‘सदरमुकाम आउजाउ गर्न खोलाहरूमा वर्षौं पहिलेदेखि निर्माण हुन थालेको पुल अहिले पिलर मात्रै ठडिएका छन्’, उनले भने। नाम्खा गाउँपालिकादेखि सदरमुकाम सिमकोटसम्म गाडी चले पनि तीनवटा खोलामा काठे पुलमै गाडी चल्दै आएको नाम्खा गाउँपालिका-४ का याङगारका फुवु तामाङको गुनासो उस्तै रहेको छ। काम विशेषले सदरमुकाम सिमकोट आउजाउ गर्न नाम्खाबासीहरूले सास्ती खेप्नु गरेको तामाङले अन्नपूर्ण पोस्टसँग भने। 

०७४ साल ४ महिना ६ गते सिमकोट गाउँपालिका ७ र नाम्खा गाउँपालिका –१ को सिमाना पर्ने हेप्का खोलाको पक्की पुल निर्माणका लागि सपना धुलिखेल बानेश्वर काठमाडौँका प्रोपाइटर तेजबहादुर महतसँग हिल्सा सिमकोट सडक योजनाले ०७६ साल ४ महिना १५ गते हेप्का खोलाको पक्की पुल निर्माण सम्म गर्न सम्झौता रहेको छ। 

नाम्खा गाउँपालिका-१ को ताग्रुखोलाको पक्की पुल निर्माण कार्यका लागि सोही ठेकेदार तेजबहादुर महतले ०७४ साल साउन ६ गते निर्माणको ठेक्का सम्झौता गरेका छन्। तर ८ वर्ष बितिसक्दा पनि हालसम्म पक्की पुल निर्माण कार्य अलपत्र नै पारेका छन्। 

यस्तै गरी नाम्खा गाउँपालिका ४ को याङगार खोलाको पक्की पुल निर्माणको जिम्मा लिएका धुलिखेल निशानका प्रोपाइटर अकिल बुढाले याङगारखोलाको पक्कीपुल अलपत्र पारेका छन्। ०७६ साल १ महिना १० गते सम्झौता गरेका याङगार खोलाको पुल ०७८ साल १ महिना  ९ गते निर्माण सम्पन्न गर्न सम्झौता भएपनि ६ वर्षसम्म पनि पुल निर्माण कार्य अलपत्र पारेका छन्।

हिल्सा सिमकोट सडक योजना कार्यालय हुम्लाले ठेकेदार कम्पनीसँग ५/५ पटक म्याद थप गरेको निमित्त कार्यालय प्रमुख ओमप्रकाश कोहारले जानकारी दिए। ताग्रुखोला र हेप्का खोलाको एक पटक सम्झौता भएको हो हिमपात र कोरोना महामारीका कारण सामान ढुवानी गर्न समस्या भएपछि म्याद थप भएको निमित्त कार्यालय प्रमुख कोहारले बताए। 

ताग्रुखोलाको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ हेप्काखोलाको ५५ प्रतिशत भौतिक प्रगति रहेको उनले बताए। यस्तै नाम्खा गाउँपालिका-५ को याङगार खोलाको पुल निर्माणको ३० प्रतिशत भौतिक प्रगति भइसकेको निमित्त कार्यालय प्रमुख कोहारको भनाइ छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.