‘कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दामा सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ’

‘कांग्रेसले भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दामा सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ’

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले भ्रष्टाचार नियन्त्रण र सुशासनका मुद्दामा सरकारमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्। 

पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा उनीहरूले मुलुकलाई सुशासनतर्फ अघि बढाउनका लागि सरकारमा रहेर प्रभावकारी काम गर्नुपर्नेमा जोड दिएका हुन्। साथै उनीहरूले महासमिति बैठकमा उठेका महत्वपूर्ण विषयलाई कार्यान्वयनमा लैजानुपर्ने समेत धारणा राखेका थिए।

बैठकमा विभिन्न ११ वटा एजेण्डाहरूमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए। उक्त एजेण्डाहरूलाई छलफल गरि पारित गर्ने तयारी रहेको उनले बताए। 

बुधबारबाट सुरु बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने सांगठनिक अभियान, भ्रातृ संघ तथा शुभेच्छुक संस्था लगायतका एजेण्डामाथि छलफल भइरहेको छ। बैठक साउन २८ गते सम्पन्न गर्ने गरी छलफल भइरहेको प्रवक्ता महतले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.