बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङमा जिप दुर्घटना हुँदा ८ जना घाइते

बागलुङ : बागलुङको काठेखोला गाउँपालिकामा शुक्रबार दिउँसो बोलेरो जिप दुर्घटना हुँदा चालक सहित ८ जना घाइते भएका छन्।

गलकोट नगरपालिकाको हटिया बजारबाट जिल्ला सदरमुकाम बागलुङ बजारतर्फ आउँदै गरेको ध १ च ९५२ नम्बरको बोलेरो जिप मध्यपहाडी लोकमार्गको काठेखोला गाउँपालिका–५ मिलनचोकमा दुर्घटना भएको हो। 

दुर्घटनामा गलकोट नगरपालिका  वडा नम्बर ३ हटियाकी २१ वर्षीया तारा गौतम, वडा नम्बर ४ का २६ वर्षीय नविन सुवेदी, २३ वर्षीय मदन शर्मा, वडा नम्बर ८ काँडेबासकी २५ वर्षीया लक्ष्मी पुन, १९ वर्षीया स्मृति बुढाथोकी, २५ वर्षीय विपन शर्मा, वडा नम्बर ९ रिस्मीका २४ वर्षीय गणेश सापकोटा र सवारी चालक वडा नम्बर १ दुदिलाभाटीका ३३ वर्षीय देवेन्द्र शर्मा घाइते भएका छन्।

घाइतेहरुको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनायो। घाइतेहरु रोट्रयाक्ट क्लव अफ बागलुङको पदस्थापना कार्यक्रमको लागि बागलुङ आउँदै गरेको जनाइएको छ। बलेरो जिप अनियन्त्रित भई सडकको बाँया साइडमा पल्टिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.