असत्य कुरालाई आधार मानेर गाली, गलौज र बदनाम गर्ने प्रवृत्ति राम्रो होइन : प्रधानमन्त्री ओली

असत्य कुरालाई आधार मानेर गाली, गलौज र बदनाम गर्ने प्रवृत्ति राम्रो होइन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले असत्य कुराहरुलाई आधार मानेर गाली, गलौज र बदनाम गर्नेहरुको प्रवृत्ति सह्य नहुने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफूलाई अग्लो देखाउन अरुलाई होचो भन्ने वा असत्य कुराहरुलाई आधार मानेर गाली गलौज र बदनाम गर्नेहरुको प्रवृत्ति सही नहुने चेतावनी दिएका हुन्।

प्रधानमन्त्री ओलीले समाजलाई सुव्यवस्थित गर्ने काम राजनीति र राजनीतिक दलको भएको बताए। एमाले अध्यक्षसमेत रहेका उनले देशलाई गरिबीबाट मुक्त पार्न नसकिए समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा नहुने बताए। ओलीले नेपाललाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गराउन रोजगारी, उत्पादन र उद्यमशीलतामा जोड दिँदै आइएको बताए। null

‘मुलुकमा अझै पनि २० प्रतिशत नागरिक गरिबीको रेखामुनी छन्। भोका बालबालिकका र मानिसलाई खान लाउने वातावरण दिन सकिएन भने हामीले समृद्ध नेपालको परिकल्पना गर्नुको सार्थकता रहँदैन।’, प्रधानमन्त्री ओलीले भने, ‘हालै संयुक्त राष्ट्रसङ्घका प्रतिनिधिसिँगको भेटमा मैले यो कुरा गरेको थिएँ। आउँदो असोजको पहिलो साता राष्ट्रसङ्घको महासभामा पनि म यिनै विषयलाई महत्व दिएर बोल्नेछु। मानव जगतको सुरक्षा, शान्ति र समृद्धि हाम्रो साझा चिन्ता हो। मानव जगत नै सुरक्षित हुन सकेन भने पृथ्वीको सुरक्षामै खतरा पर्न सक्छ।’

प्रधानमन्त्री ओलीले आफूले सत्यको बाटोको राजनीति गर्दै आएकाले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मान्यताका साथ काम गरिरहेको स्पष्ट पारे। प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गर्दै भने, ‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्नँ। म राष्ट्रको सम्पति जालझेल गरेर आफ्नो नाममा कुनै पनि हालतमा ल्याउँदिनँ।’ 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.