बंगलादेशको दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु

बंगलादेशको दुई कारागारमा भएको झडपमा १२ कैदीबन्दीको मृत्यु

काठमाडौं : शेख हसिना अपदस्थ भएको केही दिनपछि बंगलादेशको दुई कारागारबाट कैदीहरू भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तिमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।  

 
देशको राजधानी ढाकाको उत्तरमा रहेको दुबै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको बताइएको छ। आक्रोसित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेपछि जामपुर जेलमा भएको कैदी र प्रहरीको झडपमा बिहीबार छ जना कैदीको मृत्यु भएको वार्डन अबु फताहले बताए।

कैदीहरुले सुरक्षाका लागि खटिएका प्रहरीलाई फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए। कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरूको मृत्यु भएको फताहले बताए। 'कैदीहरूको अराजक गतिविले हामी गोली चलाउन बाध्य भएका हौं,' उनले भने। 

त्यस्तै उच्च सुरक्षासहितको काशमपुर जेलमा मंगलबार कैदीहरू भाग्ने प्रयासका कारण भएको झडपमा अन्य छ जना कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताए। कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको उनले बताए। झडपका क्रममा उक्त जेल बाट करिब दुई सय कैदीहरू भागेको उनले बताए। 

हसिना सरकारविरूद्ध विरोध प्रदर्शन सुरु भएदेखि बंगलादेशमा कैदीबन्दीहरू जेलबाट भाग्ने प्रयासमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.