कर्णालीमा पहिलोपटक बीबीए पढाइ हुने

कर्णालीमा पहिलोपटक बीबीए पढाइ हुने
सुन्नुहोस्

वीरेन्द्रनगर : कर्णाली प्रदेशमै पहिलोपटक ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन बीबीए पढाइ हुने भएको छ। क्याम्ब्रिज बिजनेस कलेज सुर्खेतले बीबीएका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेपछि कर्णाली प्रदेशमै पहिलोपटक सुर्खेतमा बीबीए पढाइको सुरुवात गर्ने भएको हो। 

 कर्णालीका शैक्षिक अभियन्ताहरूको सक्रियतामा सुर्खेतको वीरेन्द्रनगरमा नयाँ खुलेको क्याम्ब्रिज बिजनेस कलेजमा बीबीए पढाइ थालनी हुने भएपछि विद्यार्थीको सर्वाधिक रुचि भएको बीबीए पढ्न कर्णाली बाहिर जानुपर्ने विद्यार्थीको बाध्यता अन्त्य भएको छ। 

विश्व बजारमा अत्यन्तै उपयोगी र नयाँ प्रविधियुक्त विषय बीबीए भएकाले यो बजारको आवश्यकता अनुसार क्याम्व्रिज विजनेश कलेजले कर्णालीमै पहिलोपटक यस विषयको पढाइ सुरुवात गर्न लागेको कलेजका अध्यक्ष दीपक गौतमले बताए। उनले भने, विद्यार्थीहरूलाई व्यावसायिक जगतमा सफल व्यवस्थापक तथा नव उद्यमीहरूका रूपमा तयार गर्न र आर्थिक क्षेत्रको विकासका लागि कर्णाली प्रदेशमा पहिलोपटक निजी क्षेत्रवाट दक्ष जनशक्ति उत्पादन गर्ने गरी बिबिए कायक्रम सञ्चालनमा ल्याएका छौं। यसले कर्णालीमा दक्ष जनशक्ति उत्पादन, सक्षम नेतृत्व विकास, कर्णालीलाई विश्वबजारसँग जोड्नका लागि महत्वपूर्ण भूमिका खेल्नेछ। ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन एक व्यवसायिक पाठ्यक्रम भएकाले विद्यार्थीहरूको बौद्धिक क्षमता, व्यवस्थापन, र नेतृत्व कौशल विकास गर्न मद्दत पुग्ने क्याम्ब्रिज बिजनेस कलेजका सञ्चालक हरिहर बस्नेतले बताए। बीबीए ४ वर्षे, ८ सेमेस्टरअन्तर्गत बिजनेस टुलका विषयहरूको अध्ययन हुनेछ। कलेज संचालक बस्नेतले भने, कर्णाली प्रदेशका विद्यार्थीहरूलाई पहिलो प्राथमिकतामा राखेर बीबीए कार्यक्रम सञ्चालनमा ल्याएका छौं। यसलाई हामीले पूर्ण मल्टििमडियाको तरिकाले पठनपाठन सञ्चालन गराउने तयारी गरेका छौं। 

बीबीए कार्यक्रमले अर्थशास्त्र, समाजशास्त्र, मनोविज्ञान, अपरेशन, मार्केटिङ, फाइनान्स, अनुसन्धान आदि जस्ता विषयका क्षेत्रहरूमा विशेषज्ञता समावेश गर्नेछ। बीबीए कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो रुचिको क्षेत्रमा ध्यान केन्द्रित गर्ने अवसर प्रदान गर्छ। विश्वभर उद्योगहरू द्रुत गतिमा बढ्दै गएकाले, कडा प्रतिस्पर्धा र नवीनतम प्रवृत्तिहरूबाट आफूलाई अब्वल सावित गर्नका लागि बीबीए गर्न अति आवश्यक रहेको कलेज सञ्चालक बस्नेतले बताए। उनका अनुसार वास्तविक–विश्व व्यापार प्रशासन भूमिकाहरू, उद्यमशीलताका साथै चुनौतीहरू र आविष्कारहरूको सामना गर्न संगठनात्मक कार्यहरूका लागि तयार बन्न हरपल प्रेरित गर्ने भएकाले बीबीए कर्णालीका विद्यालर्थीका लागि निकै उपयोगी छ। 

यस्तै, क्याम्ब्रिज बिजनेस कलेजका निर्देशक किरण बस्नेतले कर्णालीमै बीबीए कार्यक्रम सञ्चालन गर्न लामो समयबाट गरिएको प्रयास यो यो वर्ष सफल भएको बताए। उनले भने, कर्णाली प्रदेशमा विद्यार्थीहरूका लागि समय उपयोगि शिक्षा बीबीएको सम्बन्धन प्राप्त गर्न झन्डै ८ वर्ष लाग्यो। यो कार्यक्रम कर्णाली प्रदेशकै लागि नौलो हो। यो विषय पढ्नका लागि विगतमा धेरै विद्यार्थीहरू प्रदेश बाहिर नेपालगञ्ज, काठमाडौंं जानुपर्ने बाध्यता थियो। अब कर्णालीका विद्यार्थीले कर्णालीमै बीबीए पढ्न पाउने भएका छन्। कर्णालीका विद्यार्थीको बीबीए अध्ययन गर्ने सपना क्याम्ब्रिज विजनेश कलेजले पुूा गर्ने भएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.