भारतीय विदेश सचिव मिश्री काठमाडौं आइपुगे

भारतीय विदेश सचिव मिश्री काठमाडौं आइपुगे
सुन्नुहोस्

काठमाडौं : भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन्। दुई दिने भ्रमणका लागि नेपाल आएका  मिश्री केही बेरअघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। 

मिश्रीलाई स्वागत गर्न परराष्ट्र सचिव सेवा लम्साल विमानस्थल पुगेको थिइन्। सचिव लम्सालको निमन्त्रणामा मिश्री नेपाल आएका हुन्।

नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश सचिव मिश्रीले समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम छ।

विदेश सचिव मिश्रीको नेपाल भ्रमण नियमित भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। उनको भ्रमणले नेपाल-भारतबी द्विपक्षीय सहकार्य र सम्बन्धलाई अघि बढाउन मद्दत गर्ने विश्वास लिइएको छ। विदेश सचिव मिश्री सोमबार स्वदेश फर्किनेछन्।

मिश्री गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका थिए। राष्ट्रिय सुरक्षा सल्लाहकारका उपप्रमुखसमेत रहेका मिश्रीलाई विदेश सचिवको जिम्मेवारी दिइएको हो। ​​​​​​विनयमोहन क्वात्राले अवकास पाएपछि मिश्री भारतीय विदेश सचिवमा नियुक्त भएका हुन्।

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.