पोखरामा ‘बोरा’ विमर्श

पोखरामा ‘बोरा’ विमर्श
सुन्नुहोस्

पोखरा : लेखक तथा पत्रकार अखण्ड भण्डारीको नयाँ उपन्यास ‘बोरा’ माथि शनिबार पोखरामा परिचर्चा भएको छ। र्‍यान्डम रिडर्स सोसाइटी नेपालको आयोजनामा भएको परिचर्चा कार्यक्रममा उपप्रध्यापक राजिन पनेरुले अवधारणापत्र प्रस्तुत गरे। 

बहसकर्ता राजिनले यो कुनै बादभन्दा पनि समाजमा भएका यथार्थपरक घटनामा आधारित भएर लेखिएको उपन्यास रहेको बताए। यो निरन्तरता र त्यसको एउटा प्राप्ति भएको पनि उनले सुनाए । उपन्यास आदर्शमा गएर टुंगिएको उत्तरबद्धि चरणमा लेखिएको एउटा बलियो इँटा रहेको उनको मूल्यांकन थियो।

उपन्यासलाई सुखान्त बनाएर तमाम आमाप्रति उच्च सम्मान गरिएको पनि उनले अवधारणापत्र प्रस्तुत गर्दै बताए। उपन्यासमा प्रयुक्त संवाद काव्यात्मक र सूक्तिमय रहेको उनले बताए। ‘कतिपय संवादलाई भाँचिदिने हो भने एउटा सुन्दर कविता आउँछ, बन्छ’, बहसकर्ता पनेरुले भने। 

कृतिलाई हेर्ने र बुझने आ–आफ्ना तौर तरिकाहरू हुने बताउँदै पनेरुले भोगेका कुराहरू साँचो लाग्छन् नभोगेका कुराहरू त यी फगत हुन् जस्तो लाग्ने बताए। ‘तर, भोगेपछि थाहा पाइन्छ’, उनले भने, ‘विवाह गरेकै रात सासुलाई बोक्सी आरोप लगाउन सक्छन् ? के बुहारीहरू त्यतिसम्म हुन्छन् ? प्रश्न जन्मिन्छन्। यो आम पाठकको प्रश्न पनि हो’, उनले भने। 

पनेरुले भण्डारीको उपन्यास सरल, सहज र बोधगम्य रहेको बताए। आमाप्रति श्रद्धा गर्ने प्रत्येक सन्तानले पढ्नै पर्ने उपन्यास ‘बोरा’ भएको पनेरुको भनाइ थियो। सामाजिक एवं आदर्शोन्मुख यथार्थवादी धाराको साहित्यमा भण्डारीको उपन्यास पछिल्लो एक इँटा भएको पनेरुले बताए। उपन्यासमा मातृत्वको कारुणिक उहापोह रहेको उनको भनाइ थियो। र्‍यान्डम रिडर्स सोसाइटीले महिनाको अन्तिम शनिबार समसामयिक विषय र कृतिमाथि बहस गर्दै आएको छ। पछिल्लोपटक आएका कृतिमा समसामयिकता र बहसको सान्दर्भिक विषय भएको हुँदा भण्डारीको उपन्यासमाथि चर्चा गरिएको सोसाइटीका अध्यक्ष रुपिन्द्र जोशीले बताए। 

परिचर्चा कार्यक्रममा बोल्दै अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादकसमेत रहेका लेखक भण्डारीले उपन्यास ‘बोरा’ सत्य घटनामा आधारित रहेको सुनाए। यो समाजलाई नजिकबाट हेरेर, देखेर, छामेर अगाडि बढिरहेको पेसामा रहेका कारण समाजका समस्यासँग पहिचित रहन मदत पुगेको लेखक भण्डारीले बताए। पत्रकारितामा आफूले आवाजविहीनका आवाज र समाजका कथा लेख्ने गरेको पनि उनले सुनाए। आवाज बिहीनको आवाज लेख्नेक्रममा समाजको अवस्था अझै नजिकबाट देखेको उनले बताए। 

यो उपन्यासको मूल जरा सत्य रहेको उनले सुनाए। यसैभित्र रहेर आवश्यकताअनुसार पात्र तयार पारेर उपन्यास लेखेको पनि उनले सुनाए। समाजमा बढिरहेको अत्यन्तै ठूलो अन्याय, पाप र अपराधको विषय बोराभित्र रहेको पनि उनले बताए। ‘बोरा’ मा आफ्नै छोराले बोरामा हालेर फ्याँकिएको आमा भेटाएको वास्तविक परिस्थितिलाई समेटिएको पनि उनले जानकारी दिए।  

उपन्यासमा छोराले बोरामा हालेर फ्याँके पनि त्यो छोराप्रति आमाले कुभलो कहिल्यै चिताउँदिनन्। उपन्यास आदर्शमा गएर टुंगिएको छ। परिचर्चा कार्यक्रममा सोम सापकोटा, बाबुराम सुवेदी, भरतमणि भट्टराई, कृष्णमुरारी पौडेल, गनेश पौडेललगायतले उपन्यासका विषयमा जिज्ञाशा राखेका थिए। पिसबुक प्रालिद्वारा प्रकाशित उपन्यास ४७१ पृष्ठको छ। भण्डारीको यो दोस्रो उपन्यास हो। उनको पहिलो उपन्यास ‘मलाया एक्सप्रेस’ हो। भण्डारीको यसअघि ‘समाचारको भाषा’ पुस्तक पनि प्रकाशित छ।

सत्य घटनामा साहित्यिक इन्जिनियरिङ

डोको भन्ने लोककथामा बाबुलाई डोकोमा हालेर भिरबाट मिल्काउन गएको विवरण छ। ‘अचेल त्यसको बिम्ब फेरिएको छ’, भन्छन् उपान्यासकार अखण्ड भण्डारी। उनकै भनाइमा डोकोको विस्तारित रूप बोरा बनेको छ। आमालाई बोरामा हालेर मिल्काएको सत्य घटनामा आधारित रहेर उनले यो उपन्यास लेखेका छन्। 

पत्रकारिता गर्ने क्रममा समाजमा देखेका घटनालाई भ्वाइस अफ दी भ्वाइस स्तम्भमा समेट्ने क्रममा बोराचाहिँ एउटा घटनाको विस्तार गरी उपन्यास तयार पारेको उनले शनिबार पोखरामा सुनाए। र्यान्डम रिडर्स सोसाइटीले आयोजना गरेको उपन्यास बोरामाथिको परिचर्चामा उनी रचनागर्भ खुलाउँदै थिए। ‘यसको मूल जरो सत्य हो, कोरियोग्राफी र इन्टेरियर डिजाइन मैले गरेको हुँ,’ उनले भने। उपन्यासका उपकथाहरू पनि सत्य नै रहेको उनले सुनाए।

बोरालाई भण्डारीले प्रतिनिधिमूलक घटना बताए। ‘सबै छोराहरूले आमालाई बोरामा फाल्दैनन्, तर पनि आमाबाबुलाई नहेर्ने संस्कृति बढ्दै गएको विषय गम्भीर छ,’ उनले भने। यस्तो चरित्र नेपाली समाजको गरिब र सीमान्तीकृत वर्गमा भन्दा सम्भ्रान्तहरूमा आफूले देखेको उनको भनाइ थियो। 

भण्डारीले समाज बदल्न लेखकले केही न केही भूमिका खेल्नुपर्ने मान्यता सुनाए। त्यही मान्यता राखेर उपन्यासमार्फत सन्देश दिन खोजेको उनको भनाइ थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.