भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको मृत्यु

भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको मृत्यु
सुन्नुहोस्

नयाँ दिल्ली : भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति मृ्यु भएको छ । लामो समयदेखि बिरामी परेका पूर्व विदेशमन्त्रीको गुरुग्रमको एक निजी अस्पतालमा मृत्यु भएको हो ।

नटवर सिंहको अन्तिम संस्कार दिल्लीमा गरिने पारिवारिक स्रोतले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले नटवर सिंहको निधनमा शोक व्यक्त गरेका छन् ।

पीएम मोदीले ट्वीटरमा लेखेका छन्, 'नटवर सिंह जीको निधनले म दुखी छु। उहाँले कूटनीति र विदेश नीतिको संसारमा महत्त्वपूर्ण योगदान गर्नुभएको छ।'

प्रधानमन्त्री मोदीले थप भनेका छन्, ‘उनी आफ्नो बौद्धिकता र लेखनका लागि पनि परिचित थिए । शोकको यस घडीमा उहाँको परिवार र प्रशंसकहरूप्रति समवेदना प्रकट गर्दछु। ओम शान्ति।'

पूर्व विदेशमन्त्री नटवर सिंहलाई सन् १९८४ मा पद्मभूषणबाट सम्मानित गरिएको थियो । नटवर सिंह सन् २००४-०५ मा यूपीए सरकारमा भारतका विदेशमन्त्री थिए।

नटवर सिंहले आफ्नो पुस्तक ‘वन लाइफ इज नट इनफ’ मा सोनिया गान्धी प्रधानमन्त्री नबन्नुको कारण दिएका थिए जसलाई लिएर निकै विवाद भएको थियो । बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.