सांसदले भने : पदीय हैसियतको दुरुपयोग गर्नेलाई कारबाहीको दायरा बढाऔं

सांसदले भने : पदीय हैसियतको दुरुपयोग गर्नेलाई कारबाहीको दायरा बढाऔं
सुन्नुहोस्

विधेयकमाथि छलफल गर्न अख्तियारको नेतृत्वलाई समितिमा बोलाउने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए।

काठमाडौं : प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकका सन्दर्भमा अख्तियारसँग छलफल गर्ने भएको छ।

सिंहदरबारमा आइतबार बसेको बैठकले भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न अख्तियारको नेतृत्वलाई समितिमा बोलाउने निर्णय गरेको समिति सभापति रामहरि खतिवडाले जानकारी दिए । 

बैठकमा समिति सदस्यहरुले पदीय हैसियतको दुरुपयोग गर्नेलाई कारबाहीको दायरा बढाउनुपर्नेमा जोड दिएका थिए। भ्रष्टाचार मुद्दामा सजाय कम हुँदा अकुत सम्पतीलाई वैद्य बनाउन सक्नेतर्फ सजक हुनुपर्ने समिति सदस्य सोबिता गौतमले बताइन्। उनले एक करोड रुपैयाँभन्दा बढी जतिसुकै भ्रष्टाचार गरेपनि ८ वर्ष देखि १० वर्षसम्म कैदको व्यवस्थामा संशोधन गर्न सुझाव दिइन्।

त्यस्तै समिति सदस्य अर्जुन नरसिंह केसीले भ्रष्टाचारजन्य कसुरमा ५ वर्षे हदम्याद राख्ने विषयमा संशोधन गर्नुपर्नेमा जोड दिए । उनले भ्रष्टाचारीलाई उम्काउने गरि विधेयकमा व्यवस्था भए आम नागरिकमा नकारात्मक सन्देश जाने उल्लेख गरे ।

बैठकमा गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐनमा आएका उपयुक्त संशोधनहरु सरकारलाई स्वीकार्य हुने बताए। उनले छिटो छलफल गरेर विधेयकलाई अघि बढाउन आग्रह गरे । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.