मोरङमा श्रीमतीको हत्या गर्ने पक्राउ

मोरङमा श्रीमतीको हत्या गर्ने पक्राउ
सुन्नुहोस्

विराटनगर : मोरङमा श्रीमानले श्रीमतीको वीभत्स हत्या गरेका छन्। सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन्। 

लक्ष्मणले आइतबार बिहान ११ बजेतिर खुकुरीले श्रीमतीको शरीरका विभिन्न भागमा अन्धाधुन्ध प्रहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए। उनका अनुसार श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पवित्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो। उपचारका क्रममा १२ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी बस्नेतले दिए। खुकुरी प्रहारबाट पवित्राको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो। 

अंश विवादका कारण पवित्राको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। श्रीमान–श्रीमतीबीच अदालतमा यसअघि मुद्दासमेत चलेको थियो। पछि दुवै जना मिलेर बस्नेगरी मुद्दामा मिलापत्र भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पवित्राको माइती मोरङको लेटाङ हो।

‘श्रीमानले १६ धुर जग्गा किनेर श्रीमतीको नाममा पास गरिदिएका रहेछन्। दुई जनाबीच झगडा भएपछि श्रीमती माइततिर गएर बस्न थालिछन्,’ प्रहरी स्रोतले भन्यो, ‘त्यसपछि श्रीमानले अदालतमा जग्गा रोक्का सम्बन्धी मुद्दा हालेछन्। श्रीमतीले पनि सम्बन्धविच्छेद, घरेलु हिंसा र मानोचामल सम्बन्धी मुद्दा दर्ता गरेको पाइयो।’ 

अदालतले दुवै जनालाई छलफलमा बोलाएर मुद्दामा मिलापत्र गराएको पाइएको प्रहरीले जनाएको छ। ‘जग्गा दुवै जनाको संयुक्त नाममा हुने र आगामी दिनमा मिलेर सँगै बस्ने भनी अदालतले साउन १० गते मिलापत्र गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,’ प्रहरी स्रोतले भन्यो, ‘मिलापत्रपछि दुवै जनाले मुद्दा फिर्ता लिएछन्।’ त्यसपछि पनि दुई जनाबीच विवाद भएर श्रीमती माइततिरै गएर बस्न थालेको पाइएको प्रहरीले जनाएको छ। 

श्रीमानले माइतीमा बसिरहेकी श्रीमतीलाई बोलाएर वीभत्स हत्या गरेको डीएसपी बस्नेतले बताए। ‘अब मिलेर बस्नुपर्छ भनेर श्रीमान लक्ष्मणले श्रीमती पवित्रालाई घरमा बोलाएछन्,’ उनले भने, ‘बिहान खाना खाने बेलामा खुकुरीले शरीरका विभिन्न भागमा प्रहार गरेर हत्या गरेछन्।’ श्रीमतीको हत्यामा संलग्न लक्ष्मणलाई प्रहरीले खुकुरीसहित पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। लक्ष्मणविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ। 

प्रहरी हिरासतमा रहेका लक्ष्मणले पनि श्रीमतीसँग झगडा परेको र सहन नसकेर खुकुरीले प्रहार गरेको प्रहरीलाई बताएका छन्। पवित्राको शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा राखिएको छ। प्रहरीका अनुसार पवित्रा लक्ष्मणकी कान्छी श्रीमती हुन्। जेठी श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि उनले दोस्रो बिहे गरेको प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.