गोमन सर्पले डसेर झापामा वृद्धा मृत्यु
झापा : झापाको बिर्तामोडमा गोमन सर्पले डसेर वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–७ गरामनीस्थित मिलडाँडाकी ६८ वर्षीया धनमाया पौडेल रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
आइतबार बिहान ७ बजेतिर भण्डार कोठामा आलु निकाल्न जाँदा उनको दाहिने खुट्टामा गोमन सर्पले डसेको थियो। घाइते उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो।
शरीरमा विष फैलिसकेकाले त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल ल्याउँदै गर्दा बिहान ९:२५ बजे उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रतिक्रिया दिनुहोस !
५