माओवादी प्रवेश गरेका नेता-कार्यकर्ताको प्रचण्डसँग गुनासो- जिम्मेवारीविहीन भयौं
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अरु दलबाट आएका नेताहरुलाई जिम्मेवारीविहीन नबनाइने बताएका छन्।
आइतबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले माओवादी पार्टी प्रवेश गरेकाले जिम्मेवारी नपाएको गुनासो गरेकाले उनीहरुलाई जिम्मेवारी विहीन नबनाइने बताएका हुन् ।
उनले प्रदेश र स्थानीय तहमा पनि माओवादीमा समावेश भएकालाई उचित जिम्मेवारी दिन निर्देशन दिए । अहिले माओवादीमा प्रवेश गर्नेको देशैभरीबाट लहर चलेको उनको भनाई छ।
कार्यक्रममा विभिन्न पार्टीबाट आएका नेता कार्यकर्तालाई प्रचण्डले माओवादी प्रवेश गराएका थिए ।